Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for the ‘गीत/ कबिता/ गजल’ Category

डा. मन मुर्ति भुर्तेल: वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 13, 2014

Dr. Bhurtel[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक
महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[ थानाचोक, कवसोती नगरपालिका, नवलपरासी घर भै हाल मास्को(रसिया) बसोबास गर्ने डा. मन मुर्ति भुर्तेलले २००१ मा Food Technology मा पिएचडी गरेका हुन मस्कोबाट । हाल बिस्व साहित्य महासंघ, रसियाका महासचिब छन । ]

अजङ्ग र सौम्य पहाडमाथि बाट जुन चियाउदै लुकेपछि,
सगरमाथाको सिउँदोमा रविले सिन्दुर हालेपछि,
पशुपति र स्वयम्भुमा चराले आहार ठुँगेपछि,
बिहानीको आगमनसंगै कपिलबस्तु फाँटमा बताससंग दोहोरि खेल्दै,
चाहदै शान्तिका सुमधुर स्वर-लहरीहरु, म एक बुद्ध प्रतिमा स्थापना गर्छु, //
अनि,
शान्तिको दिप बाल्छु, श्रद्धाको जल चढ़ाउँछु, विश्वासका थुंगा टक्र्याउँछु
तर नजिकै बारुद पडकदैं छन्/
पीठमा छुरी रोप्दै छन्, रक्ताम्य कुण्डहरु बग्दै छन्/
सर्बत्र दानबिय अट्टहास, मृत्यु सैयाका रोदन र क्रुर क्रन्दनहरु/
ऊफ! बुद्ध जन्मेको देशमा आजका यी निर्दयी स्वर-लहरीहरु !!! Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

जगत नवोदित: वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 10, 2014

Jagat Nabodit[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[ कवीको परिचय: साहित्यिक नाम जगत नवोदित, वास्तबिक नाम जगतराम राई, खोटाङ हाल वेलायत । प्रकाशित कृतिहरु: जीवन अनुभूति (कविता संग्रह), अक्षय आकृति (मुक्तक संग्रह), काँचो मुद्धा (कविता संग्रह) । पुरस्कार: राष्ट्रिय कविता महोत्सब (नेपाल प्रज्ञा प्रतिस्ठान – दोश्रो २०६९), राष्ट्रिय युवा कविता प्रतियोगिता (बिमल स्‍मृति पुस्तकालय – प्रथम २०५८) र बिस्वब्यापी रेडियो कविता प्रतियोगिता (बिएफबिएस गुर्खा रेडियो युके – प्रथम २०६४)

जड्याहा छिमेकीले
रातभर मलाई गाली गरिरह्यो
बुद्ध सम्झेर
चूपचाप कच्पल्टिएको निन्द्रा निदाइरहे

ऊट्पट्याङ केटाहरूले
मेरो घरको धुरीमा ढुङ्गा हानिरहे
बुद्ध सम्झेर
चुपचाप भत्कदै गरेको धुरी हेरिरहे Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

समा श्री (राउत): वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 8, 2014

Photo[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[ कवियत्रीको परिचय: समा श्री (राउत) प्रकासित कृति : वंशलोचना कविता संग्रह । जन्मस्थान : बालाजु १६ ,काठमाडौं । घर :चाबहिल काठमाडौं, हाल बातयाम इस्राईल ]

एक दूरको अतिथि
एक दूरको परदेशी
मेरो माटोमा आएर बुद्ध खोज्दा
यो बुद्ध जन्मेको देश हो भन्दा
आवाज किन काँप्छन् ?
परदेशी किन मुस्कुराउँछ ?
म आफै किन अलमलिन्छु ?

हो मैले सत्य बोल्दा
मेरा स्वर थर्थराउछन्
अस्तित्व काँप्छन्
शरीर धर्मराउँछन्
उसले हेर्न खोजेको बुद्ध
मैले देखाउन खोजेको बुद्ध
मेरा सासमा किन हुँदैनन ?
निसानी गुमेकोमा अताल्लिएर
पहिचान हराएकोमा छटपटाएर ,
किन खोज्नुपर्छ
ऊ सँगसँगै
मैले पनि बुद्ध Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

विवेक दुलाल क्षेत्री: वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 8, 2014

Photo[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[कवीको परिचय: विवेक दुलाल क्षेत्री “दमक” (वास्तविक नाम : भानु भक्त दुलाल) स्थाइ ठेगाना: दमक, झापा हाल: अबुधाबी यूएइ । सग्लग्नता: सगरमाथा साहित्यिक मन्च यूएइ – सस्थापक निबर्तमान अध्यक्ष, हाल – संरक्षक । साहित्य, कला सङ्गम झापा दमकको आजीवन सदस्य । “प्रतिबिम्ब” अर्धबार्शिक साहित्यिक पत्रीकाका प्रधान सम्पादक । साहित्य परिषद यूएइका सदस्य । सम्युक्त कविता सङ्रग्रह प्रवासका फूलहरुका सर्जक, बिलयन सम्युक्त गजल सङ्ग्रहका एक गजलकार, विभिन्न पत्र पत्रिकामा कथा, कबिता, गजल, हाइकु, मुक्तक, लेख प्रकाशित तथा प्रसारित । विभिन्न पुरस्कारहरुका बिजेता । आधा दर्जन जति पुस्तकहरु प्रकाशोन्मुख । ]

मनभरी विश्वास बोकेर पनि
आफैभित्र गुम्सिएको छ
सपनाभरी प्रेम न्याउछावर गरेर पनि
बिपनामा पटक पटक तर्सिएको छ
अबिराम पैह्रो झै बगेको छ उस्को जागर
एकनाश लागि नै रहेको छ उसलाई
बेला कुबेला आउने अल्छी लाग्दो बाडुली
र मेरो बुद्द यतिखेर
त्राशदीबिच बाची रहेछ । Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल, नेपाली | Leave a Comment »

प्रश्न पहिचानको

Posted by Ram Kumar Shrestha on July 11, 2014

kiran ranaकिरण राना
टेक्सस, संयुक्त राज्य अमेरिका

कुन देशकी नगरिक हुँ म ?
कुन देशकी सन्तान् ?
कुन देशकी बासिन्दा हुँ म ?
कुन देशको पहिचान् ?

उडनु छ मलाई धेरै माथि
कुन गगनमा उडुँ म ?
पुग्नु छ मलाई धेरै टाढा
कुन भूमिमा दौडु म ?

पहिचान मेरो के हो ? सोध्न मनलाग्छ
एकचोटी सबैलाई भन्न मन लाग्छ
यस्तै प्रश्नले झस्काईरहन्छ
फेरि पनि नेपालको मायाले बिउँझाईरहन्छ |

कुन देशकी पारखी हुँ म ?
कुन देशमा पौरख देखाउनु छ ?
कुन देशकी कवि हुँ म ?
कुन देशमा कविता कोर्नु छ ? Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Tagged: , | Leave a Comment »

बुध्द र विश्व

Posted by Ram Kumar Shrestha on February 28, 2014

H. K. Lovelyकरोडौ करोड अनुयायी बुध्दका
विश्वभरि गुन्जिन्छ शान्तीको सन्देश
बुध्दको जन्मभूमि नेपाल, विश्वले चिन्हेको छ
पवित्र लुम्बिनी एउटै छ, स्वतन्र नेपाल भित्र छ ।

आकाशको ध्रुब तारा, धर्तीको बुध्द
हिमालको शिखर सगरमाथा, होचोंमा समुन्द्र
पृथ्बी गोलो छ, उत्तर र दक्षिण ध्रुब बिचको यो संसार
विश्वको मानचित्रमा नेपाल सानो छ तर बुध्दको शान्ती छ ।।
Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | 1 Comment »

बुद्ध जन्मदिनको शुभ-कामना

Posted by Ram Kumar Shrestha on May 26, 2013

[मेलबर्नमा आयोजित बुद्ध जयन्तीमा बाचन गरिएको कविता]

By उषा कार्की

बुद्ध जन्मदिनको शुभ-कामनाUsha Karki Dhamala
शन्तिका प्रतिक तिमी बिश्वभर
सुसन्देशको संरचना भएर
अध्यारोको दिप तिमी
बिहानीको नौलो किरण भएर
तिमी त्यहाँ पुग्छौ जहाँ घाम पुगेको छ
तिमी त्यहाँ बगेको छौ जहाँ समुन्द्र अडेको छ
तिमीसगँ सारा संसार बाँधिएको छ,
तिमीमै सुशान्तिको सन्देश भरिएको छ
हिजो मैले बूझेको सिद्धार्थ नै बुद्ध थिए
नेपाल शान्तिको देश बुद्धको देश भनेर
यत्रो जुग वर्षदेखि हाम्रो धरोहर तिमी
आज किन हामीबाट खोसिन खोजिदै छ
हाम्रो लुम्बिनीमा तिम्रो सम्झना ताजै छ
कस्तो बिडम्बना,
बुद्ध पनि खोसेर खोसिन्छ कहिं
उनी त ज्ञानका खानी जति बाडयो उति बढने
हे मानव हो,
मूड बुद्धको पवतॅ होइन
बुद्ध त बुद्ध नै हुन Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

बुद्ध जयन्तीप्रति समर्पित

Posted by Ram Kumar Shrestha on May 26, 2013

[मेलबर्नमा आयोजित बुद्ध जयन्तीमा बाचन गरिएको कविता]

– अनुपम सायर

आऔं हामी सबै मिली बुद्ध गाथा गाऔं । Anupam
अहिंसा र शान्तिको बुद्ध मार्ग जाऔं ।।

“बुद्धम शरणम गच्छामी, धम्मम शरणम गच्छामी ।”
भन्दै सर्ब प्राणीलाई प्रित नौ लाख लाऔं ।।

धर्म मात्र होइन बुद्ध ज्ञानकुन्ज हो सबको ।
छोडौं काम, क्रोध, लोभ सबै बाँडी खाऔं ।।

“ॐ मणी पद्मे हुम्, ॐ मणी पद्मे हुम् ।”
मन्त्र जप्दै ध्यान गर्दै बुद्ध ज्ञान पाऔं ।।

शान्ती अन्त कतै हुन्न, आँफैभित्र हुन्छ ।
आँफैभित्र शान्ती खोज्दै बिस्व शान्ती छाऔं ।।

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

आमाको काख खोजेको रैछु त्यो कहिल्यै जानिन (Video)

Posted by Ram Kumar Shrestha on December 1, 2012

डा कविताराम श्रेष्ठ, वेलायत

(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि वेलायतबाट डा कविताराम श्रेष्ठबाट प्राप्त कविता)

Posted in गीत/ कबिता/ गजल, Visual | Leave a Comment »

आमाको काख खोजेको रैछु त्यो कहिल्यै जानिन

Posted by Ram Kumar Shrestha on December 1, 2012

डा कविताराम श्रेष्ठ, वेलायतkavitaram-shrestha

(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि वेलायतबाट डा कविताराम श्रेष्ठबाट प्राप्त कविता)

विश्वको उच्च शीखर सगरमाथाले गर्वकासाथ उदघोष गरिरहेछ, म त्यस माटोबाट निर्मित छु जुन माटोमा मानव सभ्यताका शिखरपुरुष महामानव गौतम बुद्धले जन्म लिएका थिए । मलाई पनि गर्व छ म पनि त्यही माटोमा जन्मिएँ जुन माटोमा पृथ्वीका उच्च शिखर अवस्थित छ र जहाँ पृथ्वीको उच्च मानवशीखर पुरुषले जन्म लिएका थिए । सन्दर्भ हो, यस्तो स्वाभिमान सिर्जित गर्ने प्रतिक गौतम बुद्ध नेपाली भूमिमा जन्मेका हुन् – यो वास्तविकता नै छायाँमा पर्न जानुको पीडाको, सन्दर्भ हो यसै पीडाको कारणबाट जिन्मिएको लुम्विनी – कपिलवस्तु दिवश विश्व अभियानको, जसले सन् २००९ डिसेम्बर १ देखि आज सन् २०१२ डिसेम्बर १ सम्म विश्वभर आफ्नो संजाल फैलाएर अनेकन सफलता पनि हासिल गरिसकेको छ र जसले हामीलाई अरु बढी आन्दोलित हुन उत्साह र उर्जा प्रदान गरेको छ । हामी त्यस माटोको प्रवर्द्धन गर्दैछौँ जुन माटोले बुद्धजस्तो महान विभूतिलाई जन्म दियो र उनलाई महानतम बुद्धत्व प्राप्त गर्ने प्रज्ज्वलित सँस्कार प्रदान गर्यो ।

व्यक्तिको व्यक्तित्व विकासमा जन्मभूमीको अहम भूमिका हुने गर्दछ । कुनैपनि चेतनशील व्यक्तिले माटोको यो ऋणलाई यसरी बुझ्दछ । बुद्धजस्तो महान व्यक्तिले कसरी यो भुल्दथे ? ज्ञान प्राप्त गरेपछि त्यस माटोलाई कृतज्ञतापूर्ण ढोग दिन उनी कपिलवस्तु आएका थिए । म कल्पन्छु, कपिलवस्तु टेक्ने वित्तिकै उनले माटोमा निधार विसाउँदै लुम्बिनीलाई हात जोडेर यसरी कृतज्ञता ज्ञापन गरेका थिए –

जुन माटोले यो देह दियो त्यो माटोलाई नमस्कार
जुन हावाले यो प्राण दियो त्यो हावालाई नमस्कार
जुन पानीले यो रगत दियो त्यो पानीलाई नमस्कार
जुन पर्यावरणले यो संस्कार दियो त्यो पर्यावरणलाई नमस्कार
जननीजन्मभूमीश्च स्वर्गादपि गरियसी । Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

पुनारवृत्तिमा परिवेशहरु … (VIDEO)

Posted by Ram Kumar Shrestha on December 1, 2012

-मधु माधुर्य  अभयपुर, दोलखा ( हाल : मस्को, रुस महासंघ)

(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि रसियाबाट डा मधु माधुर्यबाट प्राप्त कविता)

Posted in गीत/ कबिता/ गजल, Visual | Leave a Comment »

पुनारवृत्तिमा परिवेशहरु …

Posted by Ram Kumar Shrestha on December 1, 2012

-मधु माधुर्य  अभयपुर, दोलखा ( हाल : मस्को, रुस महासंघ)
 Madhu
(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि रसियाबाट डा मधु माधुर्यबाट प्राप्त कविता)
समय नदि बगिरहेको थियो बगि नै रहेछ …
बगिरहेको थियो समय नदि बगि नै रहेछ …
मोनालिसाको मुस्कान दिदीको ओंठमा
बसाईं सर्न नसकेको धेरै भयो
गुराँसको रंग विवाहित बहिनीको सिउँदोमा
बग्न  सकेको छैन
विद्रोहका आदिम /अथकित खेताला हामी
झ्याउँकिरी कराएर मात्र भयो के ?
पोखिएर इन्द्रेणी मातृमाटोमा
बसन्त फुल्न सकेको छैन ….
माटो “पानी पानी ” भनेर छट्पटाएको  बेला –
पग्लेको हिमाल पनि
मेचीको बाँध र टनकपुर् दुखेरै बिलाउँछ
मानौं : ढुङ्गा, माटो, मान्छे पनि पानीबिना नै बाँच्छ
जस्तो कि “जाबो (?)” संबिधानबिना पनि देश बाँच्छ
तस्करले फाँडेको पुर्व घनाजंगलको नाङ्गो चउरमा
डाँफे नाच्यो त् के भयो ?
लेन्डुपहरुको निर्जीव छायाँमा पनि हाम्रो मृत्यु नाच्छ …

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

नेपालको सपना

Posted by Ram Kumar Shrestha on August 12, 2012

धरातल एउटै थियो, कोही महलमा पुगे कोही बगरैमा छन ।
गाउँमा खुशी ल्याउँछु भन्दै हिंडेकाहरु उतै शहरैमा छन ।।

के पाउने आशमा क-कस्ले के के गुमाए लेखा जोखा छैन ।
दुस्ट सबै पुस्ट भैसके निमुखा आँफै छाक टार्ने रहरैमा छन ।।

जगत सारा पुकार्दै छन शान्ति र सदभावको लागि ।
सुन्दैनन कोही ती त दक्षिण दैत्य पुज्न धुप बत्ती अगरमै छन ।।

कोशी बेचियो कर्णली बेचियो लुम्बिनी दागा धर्दै छन दैत्य ।
जनताको लागि लडेकाहरु लिलाम गर्न देश उतै दिल्ली नगरमै छन ।।

आलोपालो स्वार्थको कुण्डमा, जनताको पुरोडास हाले .
सती गयो जनताको त्याग, समृद्ध नेपालको सपना शायद सगरमै छन ।।

अनुपम पाठक
मेलबर्न

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

नववर्ष २०६९ को शुभ-कामना

Posted by Ram Kumar Shrestha on April 12, 2012

By चिन्तन शर्मा 

नववर्ष तिमी विश्वासको दीप जलाइ आऊ ।

चारैतिरवाट शान्तिको झण्डा फहराइ आऊ ।।

धेरै वहाए रगत जनताले यस धर्तिमा

रक्तिम धरामा श्रृजनाको नदी वगाइ आऊ ।।

मातृभूमीको दुर्गति देखेर निराश वनेको

जनमानसमा उत्साहको ज्वाला उठाइ आऊ ।।

धनी र गरीवविच विभेद सुल्झाउने

राहतको नयाँ अवधारणा वनाइ आऊ ।।

हिंसा र आतंकवाट पिडीत वुद्धको देशमा

“वसुधैव कुटुम्वकम्” को सन्देश फैलाइ आऊ ।।

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

असली स्वरुप

Posted by Ram Kumar Shrestha on March 31, 2012

By हरिकुमार श्रेष्ठ 

म आज आश्चर्य चकित छु
तिम्रा ती असली स्वरुप देख्दा
त्यसैले कसैले अब
तिम्रा ती रुप र रङ्गको
अनि नारदीय चरित्र र स्वभावको
जति नै व्याख्या गरे पनि अपुरो र अधुरो नै हुनेछ ।

मलाई अझै याद छ
मेरा पूर्वजहरुको नेपाली उखान टुक्का
“भाइ फुटे गवार लुटे”
तर आज कतियुग लागेर पो हो कि
ती उखान टुक्का पनि उल्टिँदो छ
त्यसैले त होला
तिमी जति जति भाइ फुटाउँछौ
त्यति त्यति गवार जित्दैछ
यसको मतलव
आज तिमीलाई “भाइ फुटे गवार लुटे” को सट्टा
“भाइ फुटे गवार जिते” पो भइ रहेछ
त्यसैले होला
तिम्रो कार्यक्षेत्र फस्टाउँदो छ
तिम्रो डलरखेती मौलाउँदो छ
नितान्त स्वार्थ र घिनलाग्दो
राजनीति र एनजीओ नाममा । Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

गजल

Posted by Ram Kumar Shrestha on February 19, 2012

By डा. हरिकुमार श्रेष्ठ
स्युचाटार २ काठमाडौँ

बुद्ध जन्मेको देशमा जन्मने कुपुत्रले लुम्बिनीकै नाश गर्ने भए
दान दक्षिणा र अमन चयनको लागि विदेशीकै आश गर्ने भए ।

छैन गौरव नेपालीपनमा क्याउँ-क्याउँ गर्छन् लुम्बिनी प्रचार गर्नेको
जे छन् बुद्ध जन्मेको प्रमाणहरु विस्तारै विदेशमै पास गर्ने भए ।

औडाहा हुँदैछ देशद्रोहीलाई देशको ज्योति छर्दै हिड्नेहरुसँग
त्यसैले त बुद्धको प्रचार गरी हिड्नेको विदेशमै लास गर्ने भए ।

गर्छन् उजुरी कान फुक्दै इमिग्रेसनमा विदेश प्रवेश निषेधलाई
दानवहरुले बुद्धको जन्मथलो नास्दै एकछत्र बास गर्ने भए ।

घेर्नेछन् तिनले अझै कुनाकाप्चा नै पुगी निमुखा जनता सबैलाई
डटेर मुकाविला गर्ने कि त सबले राष्ट्रियताको आभास गर्ने भए ।

************************************************************************************************** Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

कपिलवस्तु हाम्रो

Posted by Ram Kumar Shrestha on November 30, 2011

कपिलवस्तु हाम्रो ज्ञानभूमी बुद्ध हाम्रो शान
ज्यानको आहुती दिएर बचाउँछौं स्वाभिमान

परि आए तयार हुन्छौं रगतले धर्ती सिंच्न
दशगजा होईन रातारात वैरीले सीमा मिच्न

नेपालीको इज्जतसँग खेलबाड गर्न नखोज्नु
नेपालीको गौरवगाथामा गिद्दे नजर नगाढनु

आआफ्नो संस्कृतिको रक्षा गर्दा हुन्छ राम्रो
विश्व भरी प्रख्यात बनेको कपिलवस्तु हाम्रो

अर्काको स्वाभिमान कुल्ची हामी वीर हुँदैनौं
झुटको खेती गरेर गीता र महाभारत छुँदैनौं Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | 1 Comment »

बुद्ध जयन्ति

Posted by Ram Kumar Shrestha on May 17, 2011

डा. हरिकुमार श्रेष्ठ, ताइपेई ताइवान

आज २५५५ औं बुद्ध जयन्ति
परम्परागत चल्दै आछ  
दिनहुं बुद्ध र उनका उपदेशहरु 
विश्वभर लोकपि्रय हुंदै आछ 
तर उनको जन्मभूमीबारे 
मौनता र ओझेलमा राखियाछ 
त्यसैले यस सवालमा निकै नै
प्रचार प्रसार गर्नै पर्ने भाछ । 

किनकि  
आज यी विश्व धरोहरको जन्मस्थानबारे 
विश्व जनमा भ्रम छरि धावा बोिलंदै छ 
भारतबाट नक्कली कपिलबस्तु निर्माण गरी 
पर्यटकहरुलाई स्वागत कक्ष खोलिंदै छ  
के यो मानव अधिकारको ठाडै हनन् हैन त  
के यो बुद्धको जन्मस्थान कपिलबस्तु नेपाल र 
बुद्धका उपदेशहरुको खिल्ली उडाइएको हैन त?

के अब त साँच्चै नै 
विश्वभरका बुद्ध धर्मालम्बीहरु र अनुयायीहरु 
एकै स्वरमा बोल्नु पर्ने बेला हैन र  
के सारा नेपालीहरु पनि 
रास्ट्रियताको सवालमा एकजुट हुनु पर्ने बेला हैन र    
कहिले कांही आवाज नगुन्जने पनि हैनन् 
तर सुन्ने र गर्ने धेरै भएनन् 
किनकि हाम्रा केही राष्ट्र्घातिहरु
आफ्नो स्वाभिमान उँचो राख्न तयार थिएनन् ।

Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

एउटा कवि: नेपथ्यभित्र / नेपथ्य बाहिर

Posted by Ram Kumar Shrestha on January 12, 2011

मधु माधुर्य ( हाल: मस्को ), कपिलवस्तु दिवस अभियान यूरोप संयोजक

कोठामा छिरेपछि
कविले सफेद पानामा “शान्ति” कविता लेख्यो
कोठाबाट निस्कानेबेला उसले
केहि परेवाको हाडखुर,नंग्रा र प्वाँखको पोको
फोहोर- कन्टेनरमा मिल्कायो

यता, कवितामा उसले
नारी-स्वतन्त्रताको खाका कोर्दै थियो
उता अस्पतालमा, उनको श्रीमती
गन्दै थिई कविको प्रहारले सिर्जेको
नीलडामरुपी टाटुहरु

मसँग कविले
पुरस्कार किन्नु राम्रो काम होइन भन्दै थियो
मेरो साथीसँगको गोप्य भेटमा कविले
यो सालको पुरस्कार र सम्मान
उसैलाई चाहियो भनी चाकडी गर्दै थियो  Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

समानान्तर दृश्यहरु

Posted by Ram Kumar Shrestha on January 8, 2011

– डा. मधु माधुर्य, कपिलबस्तु दिवस अभियान यूरोप संयोजक

आँखा खोलेपछि
रसायनिक प्रतिक्रिया शुरु हुन्छ भित्र-भित्रै
र देखिन थाल्छन् विविध दृश्यहरु
प्रेम र घृणाका प्रकरणहरु
अर्थात् निर्माण र विनासका शृंखलाहरु ! 

भगवानले मान्छे बनाएको देखेको छैन
मैले
मान्छेले –
भगवान बनाएको देखेको छु
उसको प्रतिमा बनाएको देखेको छु
मान्छेलाई पशु बनाएको देखेको छु

आज मैले आफ्नै हातले
बुद्धको प्रतिमा बनाएको छु:
खुला छन् आँखाहरु:
कुन दिशा फर्काउन पर्ने हो उसको आँखा ? Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

बुद्ध, तिमी र तिम्रो जन्म देश नेपाल

Posted by Ram Kumar Shrestha on December 22, 2010

By डा.  हरिकुमार श्रेष्ठ,  ताइपेई ताइवान

बुद्ध, तिमी र तिम्रा शान्तिका सन्देशहरु विश्व प्रसिद्ध बन्दैछन्
तर तिमी जन्मे हुर्केको देश नेपालमा भने
तिम्रा सबै चिजहरु बत्तिमुनिको अध्यारो बन्दैछन्
त्यतिमात्र कहाँ हो र?
तिम्रा शान्तिका सन्देशहरु
दिन प्रतिदिन अन्धकार कोठेरीको सन्दुकभित्र कैद बनाईंदैछन् ।

म त तिम्रा शान्ति सन्देश र उपदेशहरुका इमान्दार पालक हुँ
त्यसैले त तिम्राबारेमा नकारात्मक भ्रमहरु फैलदा
मेरो पनि टाउको दुख्छ
अनि दुःख र पीडाको छटपटि कसैलाई सुनाउन मन लाग्छ
तर कठै ! यहाँ त जस्ले सुन्नु पर्ने थियो सुन्नेवाला नै छैनन्
जसले गर्नु पर्ने थियो गर्नेवाला नै छैन
किनकि उनीहरु त तिम्रो जन्मथलोलाई
कता कता टेण्डर पो हाल्न खोज्दै छन क्यारे ।

Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल, Uncategorized | Leave a Comment »

कपिलबस्तु दिवस: कतारमा दोस्रो कपिलबस्तु दिवस भब्य रुपमा सम्पन्न

Posted by Ram Kumar Shrestha on December 5, 2010

३ डिसेम्बर, दोहा, कतार (हरी नेपाली): कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रम भब्य रुपमा संपन्न भएको छ । कार्यक्रमको बिस्तृत समाचार छिट्टै उपलब्ध गराइने छ । उक्त कार्यक्रममा राष्ट्रियताको भावनाले ओतप्रोत प्रस्तुत स्वागत गीत जानकारीको लागि प्रेषित ।

कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा  आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रममा शब्द चिन्तन संघद्धारा प्रस्तुत स्वागत गीत

स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् ! 
स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् !
उपस्थित सवैलाई स्वागतम्…………………

गोलबन्द हुदै जाऔ छरिएका नेपाली हो
छिमेकरुपी शत्रुबाट पिल्सिएको धेरै भयो

कहिले मेची मेरो भन्छ कहिले महाकाली
कपिलबस्तु गौतमबुद्ध आफ्नै भन्छ यसपाली

जहाँ जहाँबाट सक्छौ  त्यही त्यहीबाट उठ
धरोहर बचाउनलाई हुनै पर्छ एकजुट

स्वागतम् ! …………………………

सवैलाई थाहा छ गौतमबुद्ध नेपाली हुन् हैनन् अरु
सत्यमाथि पर्दा लगाउन खोज्दैछन् है बैरीहरु

सबैको आवाज मिल्यो भने असत्यलाई चिर्न सक्छौ
आफ्नै धर्ती लुटिएको कुन आँखाले हेर्न सक्छौ

जाग जाग नेपाली हो अस्तित्वको लागि लडौ
काँधमा काँध मिलाएर एकैसाथ अघि बढौ

स्वागतम् !…………………………

सम्मानैमा झुक्छ शिर यो अन्यायमा कहाँ झुक्छ
लाखौ कोशिश गरेपनि झुटको खेति कहाँ लुक्छ

देशले मागे हाँसी हाँसी ज्यानै दिन बानी हाम्रो
लुम्बिनी र गौतमबुद्ध यी आँखाका नानी हाम्रो

देश हाँक्ने नेताहरु रमाएनी ह्वीस्की पिउँदै
खबरदार आँखा नलाऊ नेपाली छन् अझ ज्यूँदै

स्वागतम् ! स्वागतम् ! ………………….

Posted in गीत/ कबिता/ गजल, समाचार | Leave a Comment »

गौतम बुद्ध

Posted by Ram Kumar Shrestha on December 1, 2010

नहुने कुराले
जैले पनि यो मन
भयभित तुल्याइरहन्छ
आफ्नै डम्फु बजाउन
आफ्नै पर्ब मनाउन
ब्यस्त छन सबैजना
खल्लो अनुभूति
निस्तेज बन्छु
जताततै
त्रासको बास छ
प्रदुषित सोचाइहरु
यत्रतत्र छन
बिद्रोही मनहरुको बिचमा
बुद्ध बन्न मन् लाग्छ
बुद्धुहरुको बगालमा ।

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

शुभ-कामना तिमिलाई

Posted by Ram Kumar Shrestha on November 30, 2010

By सन्तोष न्यौपाने,
कपिलबस्तु दिवस अभियान बेल्जियम संयोजक

शुभकामना छ कपिलवस्तु दिवस तिमिलाई
दोश्रो वर्ष प्रवेश गरेको अवसरमा
छोटो समयमा धेरैलाई समेटन सकेकोमा
बुद्धलाई चिनाउन अगाडि बढेकोमा

आइ पर्ने बाधा ब्यवधान
सहज रुपमा पार होस
समस्या होइन रहोस समाधान
अभियानले रचोस इतिहास

साथ म सदा दिनेछु
मेरो अन्तिम सास रहेसम्म
बुद्ध मेरै देश नेपालकै हुन
यो विश्व रहेसम्म

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

बुद्ध, कपिलवस्तु र बुद्धुहरु

Posted by Ram Kumar Shrestha on November 23, 2010

डा. मधु माधुर्य, कपिलबस्तु दिवस अभियान यूरोप संयोजक 

एउटा घाइते वर्तमान
विवसतासँग असमान सम्झौता गरिहेछ
पृथक चेतनाको ओडारहरुबाट
निस्किरहेकाछन् धेरै मानिसहरु
बुद्ध र बुद्धुहरु

बुद्धहरु संसारलाई दु:खमय देखेर
भीर पाखाहरु जंगल पसिरहेकाछन्
बुद्धुहरु संसारलाई नै जीवन सम्झेर
आफैलाई बिर्सदै बाँचीरहेकाछन्

बुद्ध आफैलाई सोधिरहेछ
म को हुँ
बुद्धु अरुलाई सोधिरहेछ
तँ को होस

Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »