Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for the ‘नेपाली’ Category

आनीद्धारा तुइन बिस्थापनका लागि प्रधानमन्त्रीलाई १ करोड रुपैयाँ प्रदान

Posted by Ram Kumar Shrestha on July 19, 2018

 

Ani

लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व कार्य समितिका सल्लाहकार एबं युनिसेफ नेपालका दूत आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।

बुधबार नेपालका विभिन्न टीभीहरुद्धारा संयुक्त रुपमा प्रसारित एक कार्यक्रममा गायिका आनीले ब्यक्तिगत रुपमा सो रकम प्रदान गरेकी हुन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले तुइन बिस्थापन अभियान चलाए तापनि तीन वर्ष बितिसक्ता पनि झण्डै आधा तुइन हटाउन बाँकी छ ।

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि सरकारले तुइन बिस्थापनका लागि बजेट नै काटिदिएका कारण दुई वर्षमा बिस्थापन गर्ने आफ्नो लक्ष्य पूरा हुन नसकेको कार्यक्रममा बताए । Read the rest of this entry »

Posted in समाचार, Uncategorized | Leave a Comment »

पररास्ट्र र दूतावास बीच मुख हेराहेर अनाबस्यक

Posted by worldamity on April 15, 2018

MOFA n Embassy

कान्तिपुरको वैशाख १, २०७५ को “बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार” शिर्षकको समाचारमा श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्म भारतमा भएको भन्ने गलत सूचना राखिएको भन्ने बिषयमा गलत सूचना फैलिरहेको तथ्यबारे जानकार नेपाली राजदूत विश्वम्भर प्याकुरेलले केही महिनाअघि यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको बताउँदै गलत तथ्य सच्याउन परराष्ट्रले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइलाई प्रकाशित गरेको छ । समाचारमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले त्यस्तो भ्रमपूर्ण सूचना छ भने त्यसलाई सच्याउन कोलम्बोस्थित दूतावासले नै पहल गर्नुपर्ने बताएको र ‘यस्तै काममा त हो नि दूतावासले भूमिका देखाउने। कोलम्बोस्थित दूतावासले सम्बन्धित निकायमा पत्राचार गरेर यसलाई सच्याइहाल्नुपर्छ।’ भन्नु भएको भनी प्रकाशित गरेको समाचारमा अभियानको ध्यान आकृस्ट भएको छ ।

Handing over report for 8 countries सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई लेखिएको अनुसन्धानात्मक प्रतिबेदन बुझाउँदै  Read the rest of this entry »

Posted in बिबिध, समाचार, Uncategorized | Leave a Comment »

आधिकारिक रुपमा वुद्ध नेपालमा जन्मनु भएको कुरामा समस्या छैन

Posted by worldamity on January 31, 2018

बुझ्नै पर्ने एउटा कुरा के हो भने चाहे प्रधानमन्त्रीका रुपमा मोदीले बिभिन्न देशमा वुद्ध जन्मस्थलबारे गलत कुरा बोलोस वा धर्म गुरुका रुपमा दलाई लामाले वा योग गुरुका रुपमा रामदेवले आफ्नो पुस्तकमा गलत लेखोस्, वा अझै खरबौं खर्चेर अन्य नक्कल्ली लुम्बिनी र कपिलवस्तु बनाओस त्यस्ले प्राबिधिक समस्याका कारण वुद्ध जन्मस्थल बिषयमा धेरै देशमा गलत जानकारी कायमै रहे तापनि बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएको आधिकारिक सत्य र तथ्यको जरो कसैले पनि हल्लाउन सक्ने होइन । ती कार्यले आस्थायी रुपमा यसो हाँगाबिंगा हल्लाउने मात्रै हुन । हामीलाई चिन्ता के मात्रै हो भने त्यो स्तरका ब्यक्तिहरुले जे मन लाग्यो लेख्न वा बोल्न रमाउनाले नकारात्मक चरित्रयुक्त ब्यक्तिहरुले जस्तै आफूलाई प्रदर्शित गरेर आफूलाई हल्का बनाउनतिर नलागिदेवस ।

UNESCO                                                           Buddha statue at UNESCO Headquarters Paris

प्रो कनिङ्घामको नेतृत्वमा यूनेस्कोको लुम्बिनीमा भैरहेको अत्याधुनिक अनुसन्धात्मक उत्खननले बुद्ध जन्म समयबारे नयाँ बैज्ञानिक तथ्य सार्वजनिक गरिसकेको छ र यस्लाई बिस्वकै ठूला अन्तराष्ट्रिय संचार माध्यमहरुले प्राथमिकतामा पारे भने न्यासनल जियोग्राफीले त डकुमेण्ट्री नै बनाइसकेको छ । बुद्ध जन्मभूमि भएकै कारण राष्ट्र संघका पाँच महासचिबहरु र नोबेल शान्ति पुरस्कार बिजेताद्धय दलाई लामा र आङ साङ् सुचीले भ्रमण गरिसकेको, राष्ट्र संघ मार्फत नै पहिला प्रो केन्जो टांगेले र हालै प्रो क्वाकले गुरु योजनाहरु तयार पारेका र युनेस्कोले लुम्बिनीलाई बिस्व सम्पदा सूचिमा समाबेश गरिएको कारण बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएकोमा सन्देह नहुँदा नहुँदै पनि केही प्राबिधिक कारणले गर्दा धेरै देशको पाठ्य पुस्तकमा वुद्धको जन्मस्थलबारे गलत जानकारी राखिएकोले विस्वका अधिकांश नागरिकमा वुद्ध जन्मस्थल बिषयमा गलत जानकारी हुनु स्वाभाबिकै हो ।

नेपालमा बस्नेले वुद्ध नेपालमा जन्मनु भएको कुरा संसारलाई थाहा छ भनेर भन्छन जुन गलत हो, किनकि धेरै देशको पाठ्य पुस्तकमा नै गलत जानकारी राखिएको छ भने उनीहरुले केका आधारमा सही जानकारी पाउन? पहिला गुगलले पनि गलत जानकारी दिने गर्थ्यो, यही अभियानपस्चात गुगलले सच्याउने काम गर्‍यो । आधिकारिक रुपमा समस्या नहुँदा नहुँदै पनि प्राबिधिक कारणले गर्दा यो समस्या रहेकोले हाम्रो दायित्व भनेको विस्वब्यापी रुपमा रहेको यो दिग्भ्रम निस्तेज गर्ने मात्रै हो न कि वुद्ध नेपालमा जन्मनु भएको भनेर प्रमाणित गर्ने । Read the rest of this entry »

Posted in अन्तरबार्ता, Uncategorized | Tagged: , , , , , , , , | Leave a Comment »

वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेल लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा सम्मानित 

Posted by Ram Kumar Shrestha on December 28, 2017

Appreciation letter to Guru
जिलोङ, अस्ट्रेलिया: अस्ट्रेलियाको जिलोङमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय पहिचानका लागि नेपालको धार्मिक बैभब र परिचयका प्रतिकहरु पशुपति र वुद्धको मन्दिर स्थापनार्थ बिभिन्न देशका नेपालीहरुलाई अभिप्रेरित र उत्प्रेरित गर्दै सो उद्धेस्य प्राप्तीका खातिर कोष संकलन कार्यमा विस्वब्यापी रुपमा उल्लेख्य योगदान पुर्याउँदै आउनु भएका वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलज्यूलाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानका तर्फबाट अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले सगौरब कदर-पत्र प्रदान गरेर सम्मान गर्नु भएको छ ।
Khada to Guru

Read the rest of this entry »

Posted in समाचार, Uncategorized | Leave a Comment »

प्रेस बिज्ञप्ति: विस्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएको बारे

Posted by Ram Kumar Shrestha on December 25, 2017

monhlam

बिगत २५ वर्षदेखि निरन्तर वुद्ध जन्मस्थल नेपालको लुम्बिनीमा हुँदै आएको विस्व शान्ति पूजा (मोन्लम) यसपालि भने बोधगयामा सारिएको खबरप्रति अभियान खेद प्रकट गर्दछ ।

विस्व शान्ति पूजा भनेर विख्यात मोन्लम विगत २५ वर्षदेखि संसारभरका बौद्ध धर्मावलम्बीका लागि पवित्र महोत्सव बनेको थियो र, गत वर्ष बुद्धको जन्मथलो लुम्बिनीमा १३ देशका करिब १० हजार लामा र भिक्षुहरू मोन्लम पूजाका लागि भेला भएका थिए । अफसोच, त्यो रौनक यो बर्ष भने नेपालको लुम्बिनीमा नभएर भारतको बोधगयामा हुँदैछ ।

Read the rest of this entry »

Posted in बिबिध | Leave a Comment »

नेपाल आइडल र होस्टहरु अभियानको सांस्कृतिक दूतमा नियुक्त

Posted by Ram Kumar Shrestha on December 6, 2017

Buddha

जिलोङ, अस्ट्रेलिया: अस्ट्रेलियाको जिलोङमा आयोजित एक कार्यक्रमका बीच नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र प्रमिला राई र नेपाल आइडल होस्ट सुशिल नेपाल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त भएका छन । अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले नेपालबाट आएका सबै कलाकारहरु र मेलबर्न कार्यक्रमका आयोजक बिभुषण जोशीलाई खादा ओडाएर स्वागत गरेपस्चात पाँच जनालाई अभियानको सांस्कृतिक दूतको नियुक्तिको प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

Nishan

यस अघि अभियानले पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्ड, पूर्व मन्त्री एबं पूर्व राजदूत दीप कुमार उपाध्याय र पूर्व राजदूत कमल प्रशाद कोइरालालाई सम्मान, राष्ट्रिय स्तरका कलाकारहरु मनोज गजुरेल, प्रेमराजा महत, जीवन शर्मा, बद्री पंगेनी, प्रमोद खरेल, धिरज राई, कोमल ओली, मीना लामा, सुनिता दुलाल, सुस्मा अधिकारी, रेखा थापा आदिलाई सांस्कृतिक दूत र भिक्षु मगर, वरिष्ठ पत्रकार चेतन पन्त, हरी श्रेष्ठ र सरोज अर्याललाई अभियानको शान्ति दूतको रुपमा नियुक्त गरिसकेको छ् । त्यसै गरी निलेश अधिकारी पर्यटन, श्रीकुमार श्रेष्ठ शिक्षक, किशोर कुइंकेल स्काउट विद्यार्थी, अल्फा श्रेष्ठ पर्यावरण विद्यार्थी, सविता भट्ट कलेज स्टुडेन्ट दूत, आर्य पोखरेल विद्यार्थी दूत र सुनिता बस्नेत दूतको रुपमा नियुक्त भैसकेका छन । डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरलाई अभियानको “लुम्बिनी वालिका शान्ति दूत” को रुपमा नियुक्त गरिएको छ । Read the rest of this entry »

Posted in समाचार, Uncategorized | Leave a Comment »

वरिष्ठ साहित्यकार डा कविताराम श्रेष्ठको निधन

Posted by worldamity on November 20, 2017

KR2३७ वटा पुस्तक, २ भिडियो डकुमेन्ट्री र एक गीति एल्बम कृतिका जन्मदाता वरिष्ठ साहित्यकार एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका सल्लाहकार प्रो डा कविताराम श्रेष्ठको ७० वर्षको उमेरमा यूके सेन्टपिटर हस्पिटलमा १९ नोभेम्वर २०१७ आइतबारक़ा दिन बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित वरिष्ठ साहित्यकार डा श्रेष्ठलाई शनिबार चिन्ताजनक अवस्थामा लन्डनस्थित वकिङको सेन्ट पिटरमा हस्पिटल भर्ना गरिएको थियो । श्रेष्ठ सन् २००८ देखि सपरिवार बेलायतको वकिङमा बस्दै आएका थिए ।

Kavitaram_Facilation2a

नेपाली साहित्यमा ‘अस्वीकृत आन्दोलन’ का प्रवर्तक श्रेष्ठ २००४ माघ ११ गते ओखलढुंगामा जन्मेका थिए । ओखलढुंगा हुँदै धरान बसाइँ सरेर बेलायत आइपुगेका उनले सन् १९९७ मा भारतको गोरखपुर विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका थिए । उनले २०३६ सालमा ‘अस्वीकृत आन्दोलन’ घोषणासँगै ‘अस्वीकृत जमात’ बनाएका थिए । प्रजातन्त्रका पक्षमा साहित्यकारहरूले चलाएको ‘बुट पालिस आन्दोलन’ मा पनि उनको संलग्नता थियो । Read the rest of this entry »

Posted in समाचार, Uncategorized | Leave a Comment »

अभियानको तर्फबाट बाढी पीडितको लागि सहयोग

Posted by worldamity on August 31, 2017

Profileअविरल बर्षाको कारण २६ जिल्ला बाढीमय भएका कारण सयौंको संख्यामा मृत्यु, घाइते र बेपत्ता भएको र ३४ हजार घर डुबानमा परी देश शोकमय अवस्थामा रहेको कारण अस्ट्रेलियाको जिलोङ निवासी लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एवं दिदी-बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभा देवी श्रेष्ठले आफ्नी छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन र अस्ट्रेलियाकै ख्यातिप्राप्त मोनास युनिभर्सिटीबाट छोरा पुरक श्रेष्ठले जियो साइन्समा ग्र्याजुयट गरेको अवसरमा आयोजना गर्न लागेको पार्टी यो राष्ट्रिय शोकका कारण रद्ध गरी अस्ट्रेलियन डलर तीन हजार धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराउने निर्णय गर्नु भएपछी अभियान मार्फत बाढी पीडितहरुको सहयोगार्थ सहयोग जुटाउनेको संख्या थपिदै गएको छ ।

अभियान मार्फत बाढी पीडितहरुको सहयोगार्थ सहयोग जुटाउनेहरुको विवरण (Fund collected) संलग्न छ जस अनुसार अस्ट्रेलियाबाट अस्ट्रेलियन डलर ४,०८०००, बेल्जियमबाट ३८८.०० यूरो र इजरायलबाट २,०१८.०० सेकेल पठाइएको छ । सुन्तली-धुर्मुससंग समय पाएपछी नेपालमा एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरिने कार्यक्रम छ । पछी उठ्ने रकम पुन: पठाइनेछ । Read the rest of this entry »

Posted in समाचार, Uncategorized | 2 Comments »

अस्ट्रेलियामा “लुम्बिनी: संभावना र चुनौतिहरु” बिषयक अन्तर्कृया

Posted by Ram Kumar Shrestha on August 24, 2017

सरकारले गर्नु पर्ने काम जनस्तरबाट यत्ति धेरै भैसकेको र समस्याको जरो भएको कारण अबको मूल काम भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गल्ती सच्याउने भएको र यस्को लागि नेपाल सरकारको सहयोग र सहभागिता अपरिहार्य भएकोले हालसम्म भए गरिएका कामहरुलाई उत्प्रेरित गरी प्रभाबकारी तवरबाट निर्णयक मोडमा पुर्याउन आफूले सरकारलाई शून्य आर्थिक भार पर्ने गरी संयन्त्र तयार गर्न ड्राफ्ट वली सरकारकै पालामा पठाएको र त्यस्लाई परिमार्जन गरी यथाशीघ्र पुन: बर्तमान सरकारलाई पनि पठाइने जानकारी दिनु भयो ।

1एडिलेड, अस्ट्रेलिया २२ अगस्ट, २०१७: साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ-प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा “लुम्बिनी: संभावना र चुनौतिहरु” बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरियो । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा प्रस्तुत गर्नु भएको बहुआयामिक प्रस्तुतिमा साउथ अस्ट्रेलियाका लागि अबैतनिक नेपाली महाबाणिज्यदूत दिपक धमला, एनआरएनए आइसीसी सदस्य गोकुल घिमिरे, एनआरएनए साउथ अस्ट्रेलिया संयोजक अशोक केसी, एनआरएनए साउथ अस्ट्रेलिया निबर्तमान अस्ट्रेलिया उपाध्यक्ष नबिन कंडेल, एनआरएनए अस्ट्रेलिया केन्द्रिय सदस्य नबिन पन्त, समाजसेवीहरु डा पंकज पौडेल, राजु उपाध्याय, कपिल पाण्डे आदिको उपस्थिति थियो ।

2

Read the rest of this entry »

Posted in समाचार, Uncategorized | Leave a Comment »

वुद्ध जयन्ती सन्दर्भमा केदार शाक्यसंगको अन्तर्वार्ता

Posted by Ram Kumar Shrestha on May 17, 2017

[ २६४१ औं वुद्ध जयन्तीका सन्दर्भमा अन्तर्वार्ता दिनु हुने केदार शाक्य गोर्खापत्रका पूर्व संपादक, लुम्बिनी बिस्वबिध्यालयका पूर्व रजिस्टार एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सार्क सल्लाहकार हुनुहुन्छ । ]

बुद्धजयन्ती मनाउने प्रचलन सम्बन्धमा प्रकाश पारीदिनु हुन्थ्यो कि त?

Kedar Shakyaवैशाखपूर्णिमा,बुद्धपुर्णिमा,स्वायाँपुन्हि The Full moon day आदि बिभिन्न नामलेBJ संसारका थुप्रै मुलुकमा बुद्धजन्मोत्सव,बुद्धजयन्ती र महापरिनिर्वाण दिवसलाई जनाउने गरेको छ । इतिहासको कालखण्डमा प्राचीन कपिलबस्तु र कोलीयगणराज्यको बीचभागमा पर्ने लुम्बिनी शालोद्यान थियो । दुबै गणराज्यको कृडास्थल पनि थियो । वैशाख महिनाको अत्यन्त रमणीय फूलैफूलको मनमोहक वातावरण थियो । कपिलबस्तुबाट माइतीघरतर्फ लागिरहेकी गर्भवती रानी महामायादेवीलाई लुम्बिनी वनमा आइपुगेपछि एकछिन् आरामगर्ने इच्छा भयो । त्यहीबेला सिद्धार्थ कुमारको जन्मभयो । पहिलो पटक कपिलबस्तुबासी र कोलीयगणराज्यका देवदहबासीहरुले सिद्धार्थको शुभजन्मोत्सव मनाए । राजा शुद्धोदनले साँस्कृतिक महाउत्सव प्रदर्शन गरे । नरसिंहा र धिमेवाजा बजाएर परपरसम्म मंगलध्वनिको उद्घोषगर्दै हर्साेल्लासपूर्बक महामायादेवी र नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलबस्तुमा आगमनपछि महाउत्सव मनाइयो ।

बौद्धवांगमय अनुसार सिद्धार्थ जन्मदा लुम्बिनीमा घुँडासम्म सेतामन्दार फूलफुलिरहेको थियो । आकाशबाट पुष्पबृष्टि भइरहेको थियो । हल्काभूकम्पन भएको थियो । सिमसिम पानी परिरहेको थियो । मन्दगतिमा सितल हावा चलिरहेको थियो । प्राकृतिक वातावरण अत्यन्त मनमोहक थियो । आकाशमा पन्छीहरु खुशीले नाचीरहेका थिए । वोधिसत्वको जन्महुँदा यसकिसिमको घटनाहुने कुरा उल्लेख छ । Read the rest of this entry »

Posted in अन्तरबार्ता, Uncategorized | Leave a Comment »

बुद्ध जन्मस्थल बिषयमा केन्द्रित कुराकानी

Posted by Ram Kumar Shrestha on September 16, 2016

An interview on Buddha born in Nepal issues

Posted in अन्तरबार्ता, Uncategorized | Tagged: , , , | Leave a Comment »

के बुद्धले बुद्धत्व नेपालमै प्राप्त गरेकै हुन त?

Posted by Ram Kumar Shrestha on August 23, 2016

रामकुमार श्रेष्ठ 

Buddha rays“गौतम बुद्धको जन्म मात्र नभै बुद्धत्व समेत नेपालको कपिलवस्तु जिल्लामा भएको सन्देश सहित गत वैशाखमा अन्तराष्टिय सम्मेलन भएको थियो । बुद्धले भारतको बोधगयामा होइन, कपिलवस्तुमा बुद्धत्व पाएको यथेष्ट प्रमाणहरु छन् । बोधगयामा त बुद्धले घोषणा मात्र गरेका हुन् । यो ऐतिहासिक तथ्यलाई ढाकछोप गर्नु हुदैन भनी तत्कालीन सरकारले अन्तराष्टिय सम्मेलन गरेको हो ।” – दोलखाको गौरीशंकर बहुमुखि क्याम्पसमा सोमबार आयोजित एक कार्यक्रमका प्रमुख वक्ताका रुपमा पूर्व संस्कृति एवं पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले बिस्वब्यापी महत्व राख्ने अत्यन्तै संबेदनशिल यो कुरा बताए । हालसम्म बुद्धले ध्यान गर्ने, ज्ञान प्राप्त गर्ने र महापरिनिर्वाण लिने काम भारतमा भएको मान्ने गरिएको छ ।

बुद्ध सर्क्युटको प्रसंग उठन थालेको करीब आधा दशक भैसक्यो । यो प्रसंगले कुनै पनि बेला अनपेक्षित गति लिन सक्छ । बुद्ध सर्क्युटले त्यस्तो गति लिनु अगावै यदि बुद्धले बुद्धत्व नेपालमा प्राप्त गरेको भन्ने माथिको प्रसंग सही नै हो भने यस्लाई नेपाल सरकार, नेपाली बुद्धिजीवि र संचारकर्मीको संयुक्त प्रयास मार्फत निर्णयक मोड दिन ढिलाई गरिनु हुन्न । गत डिसेम्बरमा म नेपाल रहँदा चीनका पूर्व राजदूत एबं अभियानका बिस्व कार्य समितिका सल्लाहकार टंक कार्कीसंगको लामो कुराकानीको सिलसिलामा उहाँले बुद्ध सर्क्युटमा स्वयम्भूलाई छुटाउनै नहुने कुरामा जोड दिनु भएको थियो । यो अवस्थामा बुद्ध सर्क्युटमा नेपालका कम्तीमा पनि लुम्बिनी, कपिलवस्तु र स्वयंभू पर्नेछन ।

गत वैशाखमा नेपालमा आयोजना गरिएको अन्तराष्टिय सम्मेलनका लागि तात्कालिन सरकारले पहिला “Buddha and Buddhism was born in Lumbini Nepal” नारा मन्त्रिपरिषदबाट पारित गरेकोमा यस्लाई असान्दर्भिक भएकोले सच्याउनु पर्ने सुझाबका कारण पछि “Lumbini, Nepal; Birthplace of Lord Buddha & fountain of Buddhism” को रुपमा पारित गरियो । पहिलो नारा अहिलेसम्मको परिस्थितिमा बिबादास्पद र आपत्तिजनक मानिनु स्वाभाबिकै थियो । Buddha born in Nepal नाराले बिस्वब्यापी रुपमा प्राप्त गरेको लोकप्रियताकै आधारमा त्यो किसिमको नारा सरकारी स्तरबाट पारित गरिनु राम्रो होइन । यदि त्यसो होइन र बुद्धले बुद्धत्व नेपालमा नै प्राप्त गरेका हुन भने पहिला त्यो मान्यतालाई स्थापित गरिनु पर्ने हुन्छ वा कम्तीमा पनि त्यस्को लागि ठोस योजनाका साथ बिशेष प्रयासको थालनी हुनुपर्छ । मन्त्रिपरिषदबाट गरिने निर्णयलाई सामान्य रुपमा लिन सकिन्न । मन्त्रिपरिषदबाट पछिल्लो पटक पारित गरिएको निर्णय निकै ओजिलो देखिन्छ पहिलोको तुलनामा । सरकारी स्तरबाट गरिने निर्णय यसरी हल्का रुपमा आउनुलाई राम्रो मान सकिन्न ।  Read the rest of this entry »

Posted in बिबिध, लेख / रचना, Uncategorized | Leave a Comment »

प्रस्तावनामै ‘बुद्ध जन्मेको देश नेपाल’ राख्न माग

Posted by Ram Kumar Shrestha on July 13, 2015

काठमाडौं, २४ असार

एकीकृत नेकपा माओवादीका सभासद् डा. ल्हारक्याल लामाले संविधानको प्रस्तावनामै ‘बुद्ध जन्मेको देश नेपाल’ र नेपाल धर्मनिरेपेक्ष राष्ट्र हुनेछ’ भन्ने शब्द राख्न मागगरेका छन् ।संविधानसभा अध्यÔ सुवास नेम्वाङलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै सभासद् लामाले यस्तो मागगरेका हुन् ।

संविधान प्रस्तावनामा ‘बुद्ध जन्मेको देश नेपाल’ शब्द किटान गर्नुपर्ने उनको माग छ । ज्ञापन पत्रमा राष्ट्रिय बुद्धिस्ट आयोग गठन गर्ने संवैधानिक प्रत्याभूति गर्न पनि माग गरिएको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

राष्ट्रिय बिपत्तिका कारण आपतकालिन बैठद्धारा अन्तराष्ट्रिय कन्फेरेन्स पछि गर्ने निर्णय

Posted by Ram Kumar Shrestha on April 25, 2015

Logo for International Conferencenepal-earthquake759१२ वैशाख, २०७२: लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अन्तराष्ट्रिय कन्फेरेन्स मूल आयोजक समितिको आज बसेको आपतकालिन बैठकले आगामी बुद्ध जयन्तीमा बेल्जियममा गर्न गैरहेको अन्तराष्ट्रिय कन्फेरेन्स देशमा गएको विनाशकारी भूकम्पका कारण हाललाई स्थगित गरी अभियानको आगामी बार्षिकीको समय पर्ने गरी नोभेम्बर ३० र डिसेम्बर १ मा गर्ने निर्णय गरेको छ । निमेषभरमा राष्ट्रिय पहिचान बोकेका अधिकांश ऐतिहासिक धरोहरहरु ध्वस्त हुने र केही घण्टाभित्रै झन्डै ९ सयको ज्यान जाने गरी अनायाश सामना गर्न परेको यो भयाबह राष्ट्रिय बिपत्तिका कारण लिन परेको यो निर्णयले गर्दा सम्बन्धित सम्पूर्ण ब्यक्ति र संस्थासंग उहाँहरुको असुबिधाको लागि अभियान क्षमा याचना गर्दछ ।

आज गएको यो बिनाशकारी भूकम्पका कारण केही घण्टाभित्रै काठमाडौं उपत्यकामात्र मात्रै करीव ९ सय जनाले ज्यान गुमाएको छ भने सांस्कृतिक नगरिका रुपमा परिचित काठमाडौं उपत्यकाका प्रायः सबै ऐतिहासिक धार्मिक सम्पदाहरु क्षतिग्रस्त भएका छन । भीमसेन थापाले राजधानीको मुटुमा बनाएको धरहरा पूर्ण रुपमा ध्वस्त भएको छ र एउटा इतिहासको अवसान भएको छ । विक्रम संवत १८८२ मा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले ललित त्रिपुरा सुन्दरीको स्मृतिमा यो धरहरा बनाएका थिए । एक सय ९० वर्षअघि बनेको यो धरहरा १९९० सालको महाभूकम्पले क्षतिग्रस्त बनाएपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले पुनिनिर्माण गराएका थिए । अब धरहरा इतिहासमा सिमित भएको छ ।  Read the rest of this entry »

Posted in बिबिध, समाचार | Leave a Comment »

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिबादास्पद भनाइबारे प्रेस बिज्ञप्ति

Posted by Ram Kumar Shrestha on April 20, 2015

logoModi Namasteनेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा करीब आठ महिना अघि नेपालको संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनपस्चात भारतीय स्वतन्त्रता दिवसमा समेत नेपाललाई बुद्ध भूमिको रुपमा पुन: परिचय दिए, तर जापान गएर कुरो फेरेका मोदीले राष्ट्र संघको सुरक्षा परिषदमा आफ्नो उम्मेदवारीको प्रचार प्रसारको क्रममा जर्मन र फ्रान्समा भने बुद्ध भारतमा पैदा भएको भनाइ राखे ।

प्रो कनिङ्घामको नेतृत्वमा यूनेस्कोको लुम्बिनीमा भैरहेको अत्याधुनिक अनुसन्धात्मक उत्खननले बुद्ध जन्म समयबारे नयाँ बैज्ञानिक तथ्य सार्वजनिक गरिसकेको छ र यस्लाई बिस्वकै ठूला अन्तराष्ट्रिय संचार माध्यमहरुले प्राथमिकतामा पारे भने न्यासनल जियोग्राफीले त डकुमेण्ट्री नै बनाउँदैछ । बुद्ध जन्मभूमि भएकै कारण राष्ट्र संघका पाँच महासचिबहरु र नोबेल शान्ति पुरस्कार बिजेताद्धय दलाई लामा र आङ साङ् सुचीले भ्रमण गरिसकेको, राष्ट्र संघ मार्फत नै दुई गुरु योजना तयार भैसकेको र बिस्व सम्पदा सूचिमा समाबेश गरिएको कारण बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएकोमा सन्देह नहुँदा नहुँदै पनि छिमेकी देशको प्रधानमन्त्रीले बैज्ञानिक र पुरातात्विक तथ्यका बिपरित आँफैले बोलिसकेकै कुराको बिपरित यसरी बिरोधाभासपूर्ण कुरा बोल्नु अत्यन्तै अशोभनिय हो । Read the rest of this entry »

Posted in बिबिध | 1 Comment »

मोदी भनाइ केही हो, न कि सबैथोक

Posted by Ram Kumar Shrestha on April 18, 2015

रामकुमार श्रेष्ठ

Ramएक्काईसौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाह गर्नुले अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ नेपालले आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ एउटा शक्तिशाली देशको प्रधानमन्त्री भएको नाताले बारंबार बिरोधाभासपूर्ण भनाइ थोपरिदिनुको सट्टा महानबाणी बोलिदिनुस सम्माननीय मोदीज्यू, किनकि हामी चाहन्छौं हाम्रो छिमेकी देशको प्रधानमन्त्री संसारभरकै लागि सम्मानित बनोस     

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा करीब आठ महिना अघि नेपालको संविधानसभामा सम्बोधन गर्ने क्रममाविश्वलाई चकित गर्ने बुद्ध जन्मेको देशभनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यम प्रतिष्ठित मानिने भारतीयहरुद्धारा बारंबार बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने हो कि भन्ने संकेतका कारण यस्ले लाखौं नेपालीको मन जित्ने काम मात्रै गरेन अपितु बिशेष गरी लुम्बिनीकपिलबस्तु दिवस अभियानको २००९ मा भएको सूत्रपातपस्चात  सामाजिक सन्जाल बिशेष गरी फेसबुकमा बुद्ध नेपालमा जन्मनु भएको सन्देशको बाढीका कारण मौनतापूर्बक यो बिषयमा चलेको जुहारीलाई नियालिरहेका थुप्रै अन्तराष्ट्रिय संचार माध्यमले समेत मोदीको उक्त भनाइलाई उच्च प्राथमिकता दिएर समाचार संप्रेषण गरेको देखिन्छ । बुद्ध जन्मस्थल बिषयमा सत्य छायाँमा पारिने र असत्य सही जस्तो देखिने गरी अनाबस्यक किसिमबाट सिर्जना भएको बिस्वब्यापी दिग्भ्रम मोदी भनाइले नै टुङ्याउने हो कि भन्ने जस्तो मानसिकता धेरै नेपालीहरुमा मात्रै नभएर हाम्रा देश हाँक्ने नेताहरुमा समेत पाइयो कुराकानीको सिलसिलामा, जुन सही होइन ।

जसरी योगगुरु रामदेबले आफ्नो पुस्तकमा वुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे तापनि नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गरे त्यसरी नै केही समय अघि मात्रैजुन बेला बिहारलाई वुद्धको आवश्यकता परेको थियो बिहारले बुद्ध दियोभनेका कारण बिबाद आलोचनाका पात्र बनेका मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मेको भन्दै नेपाललाई बुद्धको देशको रुपमा चिनाउन धेरै पटक दोहोर्याए Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

अभियानको इङल्याण्ड शाखा गठन र “लण्डनदेखि लुम्बिनी” अवधारणाको बिकास

Posted by Ram Kumar Shrestha on March 12, 2015

Logo for International Conference११ मार्च, २०१५ वेलायत: आज यहाँँ भएको एक भेलाका बीच ट्रेन्ट निवासी गुन्जेश्वर न्यौपानेको मूल logoसंयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान इङल्याण्ड शाखा गठन गरेको छ । समितिका अन्य संयोजकहरुमा वकिङका प्रेम देवकोटा, डर्बीका डा योग उपाध्याय, कृष्ण दर्लामी, वकिङका जगत गुरुङ, प्लमस्टिडका मनिस कुमार श्रेष्ठ, र बिमला न्यौपाने हुनुहुन्छ । समितिका सल्लाहकारहरुमा डा कबिताराम श्रेष्ठ र सुमल गुरुङ रहनु भएको छ ।

भेलाले लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा आगामी बुद्ध जयन्तीको अबसरमा बेल्जियममा आयोजना गरिन लागेको अन्तरास्ट्रिय कन्फेरेन्सलाई वेलायतका तर्फबाट कसरी बढीभन्दा बढी सहयोग पुर्याउने भन्ने बिषयमा छलफल गर्‍यो । “Destination to Peace” संस्थाको बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको प्रबर्द्धन र बुद्धको शान्ति सन्देश प्रचार प्रसार गरी बिस्व शान्तिमा योगदान दिने अबधारणा अनुरुप तयार गरिएको “L to L ” (London to Lumbini) अभियान अबधारणालाई सोही कन्फेरेन्स मार्फत सार्वजनिक गर्ने निर्णय पनि गर्‍यो ।

Posted in समाचार | Leave a Comment »

डा. मन मुर्ति भुर्तेल: वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 13, 2014

Dr. Bhurtel[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक
महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[ थानाचोक, कवसोती नगरपालिका, नवलपरासी घर भै हाल मास्को(रसिया) बसोबास गर्ने डा. मन मुर्ति भुर्तेलले २००१ मा Food Technology मा पिएचडी गरेका हुन मस्कोबाट । हाल बिस्व साहित्य महासंघ, रसियाका महासचिब छन । ]

अजङ्ग र सौम्य पहाडमाथि बाट जुन चियाउदै लुकेपछि,
सगरमाथाको सिउँदोमा रविले सिन्दुर हालेपछि,
पशुपति र स्वयम्भुमा चराले आहार ठुँगेपछि,
बिहानीको आगमनसंगै कपिलबस्तु फाँटमा बताससंग दोहोरि खेल्दै,
चाहदै शान्तिका सुमधुर स्वर-लहरीहरु, म एक बुद्ध प्रतिमा स्थापना गर्छु, //
अनि,
शान्तिको दिप बाल्छु, श्रद्धाको जल चढ़ाउँछु, विश्वासका थुंगा टक्र्याउँछु
तर नजिकै बारुद पडकदैं छन्/
पीठमा छुरी रोप्दै छन्, रक्ताम्य कुण्डहरु बग्दै छन्/
सर्बत्र दानबिय अट्टहास, मृत्यु सैयाका रोदन र क्रुर क्रन्दनहरु/
ऊफ! बुद्ध जन्मेको देशमा आजका यी निर्दयी स्वर-लहरीहरु !!! Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

जगत नवोदित: वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 10, 2014

Jagat Nabodit[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[ कवीको परिचय: साहित्यिक नाम जगत नवोदित, वास्तबिक नाम जगतराम राई, खोटाङ हाल वेलायत । प्रकाशित कृतिहरु: जीवन अनुभूति (कविता संग्रह), अक्षय आकृति (मुक्तक संग्रह), काँचो मुद्धा (कविता संग्रह) । पुरस्कार: राष्ट्रिय कविता महोत्सब (नेपाल प्रज्ञा प्रतिस्ठान – दोश्रो २०६९), राष्ट्रिय युवा कविता प्रतियोगिता (बिमल स्‍मृति पुस्तकालय – प्रथम २०५८) र बिस्वब्यापी रेडियो कविता प्रतियोगिता (बिएफबिएस गुर्खा रेडियो युके – प्रथम २०६४)

जड्याहा छिमेकीले
रातभर मलाई गाली गरिरह्यो
बुद्ध सम्झेर
चूपचाप कच्पल्टिएको निन्द्रा निदाइरहे

ऊट्पट्याङ केटाहरूले
मेरो घरको धुरीमा ढुङ्गा हानिरहे
बुद्ध सम्झेर
चुपचाप भत्कदै गरेको धुरी हेरिरहे Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

समा श्री (राउत): वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 8, 2014

Photo[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[ कवियत्रीको परिचय: समा श्री (राउत) प्रकासित कृति : वंशलोचना कविता संग्रह । जन्मस्थान : बालाजु १६ ,काठमाडौं । घर :चाबहिल काठमाडौं, हाल बातयाम इस्राईल ]

एक दूरको अतिथि
एक दूरको परदेशी
मेरो माटोमा आएर बुद्ध खोज्दा
यो बुद्ध जन्मेको देश हो भन्दा
आवाज किन काँप्छन् ?
परदेशी किन मुस्कुराउँछ ?
म आफै किन अलमलिन्छु ?

हो मैले सत्य बोल्दा
मेरा स्वर थर्थराउछन्
अस्तित्व काँप्छन्
शरीर धर्मराउँछन्
उसले हेर्न खोजेको बुद्ध
मैले देखाउन खोजेको बुद्ध
मेरा सासमा किन हुँदैनन ?
निसानी गुमेकोमा अताल्लिएर
पहिचान हराएकोमा छटपटाएर ,
किन खोज्नुपर्छ
ऊ सँगसँगै
मैले पनि बुद्ध Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

विवेक दुलाल क्षेत्री: वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 8, 2014

Photo[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[कवीको परिचय: विवेक दुलाल क्षेत्री “दमक” (वास्तविक नाम : भानु भक्त दुलाल) स्थाइ ठेगाना: दमक, झापा हाल: अबुधाबी यूएइ । सग्लग्नता: सगरमाथा साहित्यिक मन्च यूएइ – सस्थापक निबर्तमान अध्यक्ष, हाल – संरक्षक । साहित्य, कला सङ्गम झापा दमकको आजीवन सदस्य । “प्रतिबिम्ब” अर्धबार्शिक साहित्यिक पत्रीकाका प्रधान सम्पादक । साहित्य परिषद यूएइका सदस्य । सम्युक्त कविता सङ्रग्रह प्रवासका फूलहरुका सर्जक, बिलयन सम्युक्त गजल सङ्ग्रहका एक गजलकार, विभिन्न पत्र पत्रिकामा कथा, कबिता, गजल, हाइकु, मुक्तक, लेख प्रकाशित तथा प्रसारित । विभिन्न पुरस्कारहरुका बिजेता । आधा दर्जन जति पुस्तकहरु प्रकाशोन्मुख । ]

मनभरी विश्वास बोकेर पनि
आफैभित्र गुम्सिएको छ
सपनाभरी प्रेम न्याउछावर गरेर पनि
बिपनामा पटक पटक तर्सिएको छ
अबिराम पैह्रो झै बगेको छ उस्को जागर
एकनाश लागि नै रहेको छ उसलाई
बेला कुबेला आउने अल्छी लाग्दो बाडुली
र मेरो बुद्द यतिखेर
त्राशदीबिच बाची रहेछ । Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल, नेपाली | Leave a Comment »

६ अर्ब २२ करोडमा नर्थवेस्टलाई गौतमबुद्ध विमानस्थल निर्माणको जिम्मा

Posted by Ram Kumar Shrestha on November 10, 2014

Lumbini IA
भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको छ। एसियाली विकास बैंक (एडीबी) ले यो कम्पनीलाई विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनाउन दिने सहमित दिएको हो। यो विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनाउने काम दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामार्फत अगाडि बढाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण प्रबन्धक मुरारी भण्डारीले ग्लोबल टेन्डरमा यो कम्पनीले सबैभन्दा कम रकम कबोलेका कारण एडीबीले यसैलाई विमानस्थल निर्माणको जिम्मा दिन स्वीकृति दिएको जानकारी दिए। प्राधिकरणको गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजनाका निर्देशक भण्डारीका अनुसार नर्थवेस्टको ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा यो विमानस्थल निर्माण गर्ने प्रस्ताव स्वीकृत भएको छ। अब यही कम्पनीले विमानस्थल निर्माण गर्ने विषयमा दाबी विरोध प्राधिकरणमा पेस गर्न शुक्रबार सूचना प्रकाशन गरिएको छ।

भैरहवामा हाल १५ सय मिटरको धावनमार्गमा सञ्‍चालन भइरहेको यो आन्तरिक विमानस्थलाई तीन हजार मिटरको धावनमार्गसहित वाइड बडीका जहाज अवतरण गर्न सकिने गरी अन्तर्राष्ट्रियस्तरको बनाइनेछ।
Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

प्रधानमन्त्रीलाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको ज्ञापनपत्र

Posted by Ram Kumar Shrestha on October 8, 2014

Belgiumबेल्जियम, १ अक्टोबर – संयुक्त राष्ट्र संघको ६९ औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्कने क्रममा बेल्जियमको राजधानी ब्रुसेल्समा आउनुभएको अवसरमा लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका तर्फबाट बेल्जियमस्थित अभियानका अभियान्ताहरुले प्रधानमन्त्री कोइरालालाई अभियानका गतिविधिहरुको बारेमा संक्षेपमा प्रकाश पार्दै अभियानले आगामी वुद्ध जयन्तीका अबसरमा बेल्जियममा आयोजना गर्ने अन्तराष्ट्रिय संगोस्ठीमा नेपाल सरकारको सहयोग र सहभागिता होस भनी अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाएका छन । नेपाली राजदुतावास ब्रुसेल्सले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको दिवाभोज कार्यक्रमको अवसरमा उक्त ज्ञापनपत्र दिइएको हो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

“वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा अन्तराष्ट्रिय साहित्यिक महोत्सब

Posted by Ram Kumar Shrestha on October 5, 2014

LKDM_litfestival_new

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको आगामी डिसेम्बर १ मा छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले डा मधु माधुर्यको मूल संयोजकत्वमा गठित समदर्शी काइंला (युनाइटेड अरब एमिरेट्स), उमा सुवेदी (नेपाल), कमला प्रसाई (अमेरिका), भगवती बस्नेत (इजरायल), सानु घिमिरे (अस्ट्रेलिया), सुरेन्द्र लिम्बू परदेशी (भारत), बिमल गिरी (बेल्जियम), बिकल आचार्य (वेलायत), हरि कृष्ण लभली श्रेष्ठ (नेपाल), बिनोद अधिकारी (कुवेत), डा लेखनाथ काफ्ले (ताइवान) र डा हरि कुमार श्रेष्ठ (नेपाल) रहनु भएको १३ सदस्यीय मूल आयोजक समितिले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा तपसिलका सीमामा रहेर अन्तराष्ट्रिय साहित्यिक महोत्सब आयोजना गर्ने भएको छ: Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बुद्धजन्मस्थल दिग्भ्रम हटाउन कोर्षबुक सुधार अभियानका आधारपक्षहरु

Posted by Ram Kumar Shrestha on September 9, 2014

केदार शाक्य *

Kedar Shakyaएसिया महादेशबाट इसापुर्ब छैटौं शताव्दीमा प्रादुर्भाव भएको बुद्धिजमले २१ औं शताव्दीसम्म आइपुग्दा युरोप,अमेरिका,अष्टे«लिया हुँदै अफ्रिकी महादेशसम्म फैलने सुअवसर पाइसकेको छ । विश्वशान्ति,मैत्रीपूर्ण व्यबहार र करुणाका महान सन्देश दिने गौतम बुद्धको उपदेश संसारभरी नै फैलिएसंगै बुद्धजन्मस्थल लुम्बिनी नेपाल, राष्ट्रको गौरव र विश्वमा नेपाली स्वाभीमान अभिबृद्धि तथा पहिचानको अहम सवाल बनिरहेको छ ।

यो कुरा संसारका बिभिन्न मुलुकमा बसोबासगर्ने गैरआवासीय नेपालीहरुका लागि अत्यन्त ठूलो सरोकारको बिषय बनेको छ । संसारका बिभिन्न मुलुकमा प्राथमिक तहका बालबालिकादेखि उच्चस्तरीय विश्वविद्यालयहरुको कोर्षबुकमा नै बुद्धको जन्म उत्तर भारतमा भएको कुरा पढाइँदै आएको छ । यो दिग्भ्रमलाई हटाउन,सच्याउन र सत्यतथ्य जानकारी दिन लुम्बिनी कपिलबस्तु दिवस अभियानले स्वतःस्फुर्त बिगत पाँच बर्षदेखि संसारका बिभिन्न मुलुकहरुमा निरन्तर अभियान चलाइ रहेको छ । यसको राम्रो प्रभाव परिरहेको छ । यसलाई अझै व्यापक बनाउन र कोर्षबुकमा सुधारका अभियानलाई बढी प्रभावकारी बनाउन कुन किसिमका प्रभावकारी माध्यम तथा उपायहरु अपनाउन सकिन्छ भन्ने बिषयमा गहन छलफलगरी सुझावहरु संकलन र कार्यान्वयनका लागि प्रतिवेदनलाई सम्बन्धित निकाय र सरोकार पक्षसम्म पु–याउने हाम्रो सामुहिक प्रयास हुनुपर्छ भन्ने अभिप्रायले यहाँ केही आधारभूत पक्षहरु बुँदागत प्रस्तुत गरिएको छ ।

१.सन १९८० संस्करणको अलमेनक नामको डिस्नेरीमा र अन्य डिस्नेरीमा समेत गौतम बुद्ध उत्तर भारतमा जन्मएका भारतीय राजकुमार सिद्धार्थ क्ष्लमष्बल एचष्लअभ भनी लेखिएको छ । नेपालमा अज्ञानताबस यस्ता कुराहरु भइरहेको छ भन्न सकिन्न । यसमा कसैको निहित स्वार्थ गाँसिएको छ । यस्तो थाहा पाएपछि त्यसबेला देखि नै सार्बजनिक सञ्चार माध्यमहरुबाट सरोकार पक्षको ध्यान आकर्षित गर्नेकाम हुँदै आएको छ । तर समस्या यथावत छ । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »