Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

आनीद्धारा तुइन बिस्थापनका लागि प्रधानमन्त्रीलाई १ करोड रुपैयाँ प्रदान

Posted by Ram Kumar Shrestha on July 19, 2018

 

Ani

लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व कार्य समितिका सल्लाहकार एबं युनिसेफ नेपालका दूत आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।

बुधबार नेपालका विभिन्न टीभीहरुद्धारा संयुक्त रुपमा प्रसारित एक कार्यक्रममा गायिका आनीले ब्यक्तिगत रुपमा सो रकम प्रदान गरेकी हुन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले तुइन बिस्थापन अभियान चलाए तापनि तीन वर्ष बितिसक्ता पनि झण्डै आधा तुइन हटाउन बाँकी छ ।

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि सरकारले तुइन बिस्थापनका लागि बजेट नै काटिदिएका कारण दुई वर्षमा बिस्थापन गर्ने आफ्नो लक्ष्य पूरा हुन नसकेको कार्यक्रममा बताए ।

गायिका आनीले पहाडी वस्तीहरुमा तुइनबाट कष्ठकर यात्रा गरेको देखेपछि आफूले तुइन बिस्थापनका लागि रकम जम्मा गर्न थालेको बताइन् । कार्यक्रममा प्रधानमन्त्रीले तुइन हटाएरै छाडिने भन्दै आफ्नो एक महिनाको तलब पनि सोही कोषमा प्रदान गर्ने घाेषणा गरे ।

Leave a comment