Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for March, 2015

अभियानको इङल्याण्ड शाखा गठन र “लण्डनदेखि लुम्बिनी” अवधारणाको बिकास

Posted by Ram Kumar Shrestha on March 12, 2015

Logo for International Conference११ मार्च, २०१५ वेलायत: आज यहाँँ भएको एक भेलाका बीच ट्रेन्ट निवासी गुन्जेश्वर न्यौपानेको मूल logoसंयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान इङल्याण्ड शाखा गठन गरेको छ । समितिका अन्य संयोजकहरुमा वकिङका प्रेम देवकोटा, डर्बीका डा योग उपाध्याय, कृष्ण दर्लामी, वकिङका जगत गुरुङ, प्लमस्टिडका मनिस कुमार श्रेष्ठ, र बिमला न्यौपाने हुनुहुन्छ । समितिका सल्लाहकारहरुमा डा कबिताराम श्रेष्ठ र सुमल गुरुङ रहनु भएको छ ।

भेलाले लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा आगामी बुद्ध जयन्तीको अबसरमा बेल्जियममा आयोजना गरिन लागेको अन्तरास्ट्रिय कन्फेरेन्सलाई वेलायतका तर्फबाट कसरी बढीभन्दा बढी सहयोग पुर्याउने भन्ने बिषयमा छलफल गर्‍यो । “Destination to Peace” संस्थाको बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको प्रबर्द्धन र बुद्धको शान्ति सन्देश प्रचार प्रसार गरी बिस्व शान्तिमा योगदान दिने अबधारणा अनुरुप तयार गरिएको “L to L ” (London to Lumbini) अभियान अबधारणालाई सोही कन्फेरेन्स मार्फत सार्वजनिक गर्ने निर्णय पनि गर्‍यो ।

Posted in समाचार | Leave a Comment »

अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सब पाको फेस्टामा नेपाल प्रबर्द्धन (Video)

Posted by Ram Kumar Shrestha on March 2, 2015

अस्ट्रेलियाको जिलोङमा एक लाखभन्दा बढी बिबिध कार्यक्रम सहित १९८३ बाट शुरु गरिएको बहु साँस्कृतिक महोत्सबको ३३ औं बार्षिकी भब्यताका साथ सम्पन्न भएको छ।

Premier of Victoria Daniel Andrews, former minister Richard Marles, and Christine Couzens MP with Nepalese Community

Premier of Victoria Daniel Andrews, former minister Richard Marles, and Christine Couzens MP with Nepalese Community

२८ फेब्रुअरी अस्ट्रेलिया – अस्ट्रेलियाको जिलोङमा एक लाखभन्दा बढी  बिबिध कार्यक्रम सहित १९८३ बाट शुरु गरिएको बहु साँस्कृतिक महोत्सबको ३३ औं बार्षिकी भब्यताका साथ सम्पन्न भएको छ।बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका जातीय संस्था र संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित १९८३ बाट शुरु गरिएको महोत्सबको ३३ औं बार्षिकी भब्यताका साथ मनाएको छ।जिलोङ नेपालीज एशोसियशनको सकृयतामा जिलोङमा नै नेपालीहरुको बसोबास नगण्य रुपमा रहे तापनि यति ठूलो संख्यामा जन सहभागिता हुने यति ठूलो महोत्सबलाई नेपालको प्रबर्द्धन प्रयोजनको लागि अबसरको रुपमा लिइनु पर्छ भनी गरिएको अनुरोध अनुरुप २०१३ मा पहिलो पटक सहभागी भएर नेपाली सहभागिताको थालनी गरिएको यो महोत्सबमा वरिपरिका शहरबाट  नेपालीहरु आएर सहभागी हुँदै यो तेश्रो बर्ष पनि कार्यक्रममा नेपाली समुदायले सहभागिता जनाएर नेपालको प्रबर्द्धन गर्ने काम गरे।

Read the rest of this entry »

Posted in News | Leave a Comment »