Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for December, 2012

लुम्बिनीमा बिँड तात्यो, ताप्के तातेन

Posted by Ram Kumar Shrestha on December 31, 2012

स्कूल पढदाको समयमा एउटा फूटबल म्याचमा जब हामीले प्रतिपक्षमा गोल गरेका थियौं प्रतिपक्षका किपर दु:खी हुनुको सट्टा झन आँफै गोल भन्दै नाचेका थिए । यस्ता बिभिषण प्रबृतिका अस्वाभाबिक गोल बहादुरहरु बिभिन्न रुपमा बिभिन्न स्तरमा लुम्बिनीको सन्दर्भमा बारंबार देखा परिरहन्छन् र विस्वमा नेपालको पहिचानको मूलाधारको रुपमा रहेको लुम्बिनीको बिकासमा केही हुन लाग्यो कि त बिभिन्न बहानामा देखा पर्छन् ।

 बिदेशीको भनाइ र लेखाइ बेला बखतमा सुन्न र पढन पाईन्छ, यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं । योभन्दा उपहास नेपालीको लागि अरु के हुन सक्छरु र पनि आफू पनि केही नगर्ने र अरुले लुम्बिनीमा केही गर्न लाग्यो भने पनि बिभिन्न बहानामा बिभिन्न रुप र स्तरबाट ब्यबधान सिर्जना गर्न र गराउन लाग्नेहरुको अभाव हामीकहाँ छैन । एकातिर भारत लुम्बिनीको समबन्धमा नेपालमा केही नहोस भन्ने चाहन्छ भने अर्कोतिर सीमित स्वार्थ र संकुचित घेराभन्दा माथि उठन नसक्ने रोगका कारण बाँदरको उखानलाई चरितार्थ बनाउँदै बिदेशीहरुको सामू समेत आफूलाई हास्यको पात्र बनाइरहेका छौं । तत्कालमा यस्ले सीमित स्वार्थ त पुरा गर्ला, तर ईतिहासमा आफूलाई कलंकित नबनाइ रहन सक्तैन भन्ने कुराको उनीहरुलाई हेक्क नै रहँदैन । अब पनि लुम्बिनीको बिकासमा चुक्यौं भने लुम्बिनी हाम्रो भन्ने अबसरबाट नचुकिएला भन्न् सकिन्न । यसैले आपसी आन्तरिक झगडा राष्ट्रिय मुद्धामा छचल्क्याउनु बुद्धिमानी कदापी ठहर्दैन ।

रामकुमार श्रेष्ठ

विश्वव्यापी महत्वको लुम्बिनी

विश्वमा झन्डै पचास करोड बुद्धिस्ट छन् भने बुद्धिज्मलाई धर्मभन्दा पनि बिज्ञानको रुपमा मान्नेहरु पनि लाखौं भएकाले लुम्बिनीमा पर्यटनको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा बर्षेनी लाखौं पर्यटक भित्र्याएर करोडौं डलर आम्दानी गर्न सकिने देखिन्छ जुन नेपालको बिकासमा कायापलट ल्याउन सहायकसिद्ध हुन सक्छ ।

लुम्बिनी शान्ति सहर बनाउने गुरुयोजना तयार गर्न लामो समयदेखि ब्यस्त थुप्रै इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनसंग सम्बन्धित जर्नलहरुको संपादक मण्डलमा कार्यरत एबं इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनमा अन्तराष्ट्रिय ख्याती प्राप्त प्राध्यापक क्वाक वार्षिक एक लाख पर्यटक एक दिनका लागि लुम्बिनीमा आउनेलाई बढाएर हरेक वर्ष ६ लाख पर्यटक लुम्बिनीमा ल्याउने र उनीहरूलाई १५ दिन बस्ने संरचना बनाउने लक्ष प्राप्तीका लागि कार्यरत छन ।

बुद्धको यही विश्वव्यापी महत्वबाट लालायित भएर नेपालको बिबिध कम्जोरीको फाइदा उठाउँदै शक्तिका भरमा संपूर्ण विश्व मान्यता बिपरीत करोडौं खर्च गरेर नक्कली लुम्बिनी र कपिलवस्तु नै निर्माण कार्यका जुटेर झन्डै अन्तिम चरणमा पुगेको भारत जनस्तरमा नै भए पनि आजको इन्टरनेटको जमानामा सामाजिक सन्जाल एबं बिभिन्न किसिमबाट गरिएका ब्यापक बिरोधका कारण बुद्ध भारतमा जन्मिएको भन्ने दुस्प्रयास धरायासी हुन सक्ने र नैतिकताको प्रश्नको संभावनालाई ध्यानमा राखी बुद्धले ध्यान र ज्ञान प्राप्त गरेको कुरालाई आधार मानी बुद्ध भारतमा जन्मिएको कुरालाई ब्यापक रुपमा अगाडि बढाउन अग्रसर भएको देखिन्छ ।

के गर्दैछ भारत ?

२०११ को जुनमा बौद्ध इतिहास र संस्कृतिबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येता सहभागी गराएर बेइजिङमा आयोजना गरेको बुद्धिज्मः म्यापिङ एसियाज हिस्ट्री एन्ड कल्चर’ विषयमा भएको कार्यक्रम मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पार्यो । भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियान अन्तर्गत कजाकिस्तान, हंगेरी, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यस अघि नै कार्यक्रम गरिसकेको कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको भारतको सांस्कृतिक कुटनीति हेर्ने संस्था इन्डियन काउन्सिल फर कल्चर रिलेसन्स् (आइसिसिआर) र पेकिङ युनिभर्सिटीसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको उक्त कार्यक्रम आयोजना गरेका थिए । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

Indian International Film Festival Misinforming Buddha Birthplace

Posted by Ram Kumar Shrestha on December 23, 2012

Buddha

In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.

Posted in Miscellaneous, News | Tagged: , , , , , , | 1 Comment »

हरि श्रेष्ठको आहवान बिश्वशन्ति -२०१२

Posted by Ram Kumar Shrestha on December 22, 2012

Hari Hongkong

२० डिसेम्बर २०१२, हङकङ : जेम्स म्युजिकग्रुप हङकङ समुहको आयोजनामा हङकङ स्थित प्रदिद्द बौद्ध गुम्बा “बिग बुद्ध” स्थित खुल्ला प्राङगणमा बिश्वशन्ति पूजाको साथमा संगित कार्यक्रम सम्पन्न गरेको छ । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने ब्यानरको अगाडी उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा लुम्बिनि भ्रमण बर्ष २०१२को पनि ब्यापक प्रचार प्रचार गरिएको थियो । गुम्बाहरूका गुरुहरूबाट संयुक्तरूपमा बिश्वशान्ति बौद्ध पूजाको साथमा प्रसाद तथा बिबिध संगित कार्यक्रमहरू सहित सम्पन्न भएको हो ।

कार्यक्रमको दोस्रो चरणमा आयोजित साँस्कृतिक कार्यक्रमको लागि हङकङका कलाकारहरूको बेजोड प्रस्तुति तथा संगितटोली जेम्स म्युजिकग्रुप हङकङ समुहको अध्यक्ष हङकङमा रहेर नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आएका वरिष्ठ तवला बादक हरि श्रेष्ठले आफ्नो संगितटोली जेम्स म्युजिकग्रुप हङकङ समूहले तवलाको फ्यूजन संगित श्रोता समक्ष प्रस्तुत गरेका थिए । हरि श्रेष्ठको दोस्रो प्रस्तुती नेवारी समुदायमा प्रचिलित ‘धिमा’नेवारी बाजाको संगित उपस्थित दर्शकबृन्दमाझ पस्केका थिए । प्रख्यात गायक गणेश पराजुलीले‘बुद्ध भजन प्रस्तुत गरेका थिए । Read the rest of this entry »

Posted in समाचार | Tagged: | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पन्ध्रौं राष्ट्रिय समिति स्विटजरल्याण्डमा

Posted by Ram Kumar Shrestha on December 21, 2012

मूलत: भारतले नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य करीब असी प्रतिशत सम्पन्न गर्दा समेत नेपालका तर्फबाट भने सो बिषयमा कुनै पनि क्षेत्र र तहबाट आवाज नउठाइएको कारण जे जस्तो रुपमा भए पनि जनस्तरबाट आवाज उठाइनु पर्छ भन्ने मान्यता अनुरुप शुरु भएको कपिलवस्तु दिवस अभियानले स्पेन, बेल्जियम, logoswitzerland_country_mapवेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति र नेपालमा पत्रकार, पर्यटन ब्यबसायीका छुट्टा छुट्टै र लुम्बिनी क्षेत्रमा स्थानीय समितिहरु गठन गर्दै आफ्ना आवाजहरुलाई बिभिन्न रुपमा विस्वब्यापी बनाउँदै आएको छ ।

अभियानले आफ्नो तेश्रो बार्षिकी मनाउने क्रममा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक गतिबिधि र संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिको निर्णयानुसार अभियानको नाम “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” मा परिवर्तन गरिएको जानकारी १ डिसेम्बर २०११ मा नेपालमा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु र थुप्रै राष्ट्रिय स्तरका ब्यक्तिहरुको उपस्थितिमा पूर्व प्रधानमंत्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले वेलायतबाटै दिनु भएको मन्तब्य मार्फत आधिकारिक घोषणा गरिएको थियो । नामका कारण यो अभियान कपिलवस्तुकै सीमाभित्रै मात्र सीमित थिएन र कपिलवस्तुलाई पनि ब्यापक रुपमा प्रचार प्रसार गरेर बुद्धले आफ्नो जीवनको २९ बर्ष ब्यतित गर्नु भएको महत्वपूर्ण ठाउँलाई पनि यूनेस्कोको विस्व संपदा सूचिमा पार्न भूमिका निर्बाह गर्न सकिन्थ्यो कि भन्ने पनि अभियानको चाहना हो । यसरी नाम परिवर्तन गरिएपस्चात मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन र इजरायलमा राष्ट्रिय समिति र जर्मनीको म्युन्स्टर र अस्ट्रेलियाको भिक्टोरियामा क्षेत्रीय समितिहरु गठनहरु गठन गर्दै अभियानको विस्वब्यापी सन्जाल अगाडि बढाइरहेकोमा अभियानको आफ्नो पन्ध्रौं राष्ट्रिय समिति अभियानको चौथो बार्षिकीकै अबसरमा स्वीटजरल्याण्डमा गठन गरिएको छ । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

मेलबर्न र सिडनीमा भएको चौथो लुम्बिनी-कपिलवस्तु दिवस अभियानबारे समाचार

Posted by Ram Kumar Shrestha on December 19, 2012

Posted in Visual | Leave a Comment »

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुद्ध जन्मस्थलबारे जानकारी राखिने

Posted by Ram Kumar Shrestha on December 19, 2012

TIA
१५ डिसेम्बर , काठमाण्डौं: लुम्बिनी-कपिलवस्तु दिवस अभियानका गतिबिधिमा अत्यन्तै सकृय रुपमा लागिरहनु भएका बिजय कुमार ढकाल यही १५ डिसेम्बर आईतवारका दिन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल गै महाप्रबन्धक रतिश चन्द्र लाल सुमनलाई भेटनु भयो । भेटको क्रममा वुद्ध जन्मस्थल बिषय बिभिन्न कारणहरुले गर्दा बिस्वब्यापी समस्या बनिसकेको कारण बर्षेनी बुद्ध जन्मस्थल जान चाहने हजारौं बिस्व पर्यटक गलत ठाउँमा पुग्ने वा पुर्याइने काम भएकोले अभियानले बिस्वब्यापी रुपमा गतिबिधि सन्चालन गरिरहेको जानकारी गराउँदै नेपाल बाहिर मात्रै नभएर नेपाल भित्र पनि यो बिषयमा गर्नु पर्ने धेरै कुराहरु भएको र बिभिन्न ठाउँमा गरिने सानो कामको परिणाम ठूलो हुन सक्ने बताउँदै बर्षेनी लाखौं पर्यटक नेपाल प्रबेश गर्ने प्रबेश द्धारको रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुद्ध जन्मस्थल बिषयमा जानकारी राख्न सकिएको खण्डमा यस्ले पनि बुद्ध जन्मस्थल बिषयमा सिर्जित समस्या समाधानमा आफ्नै किसिमको भूमिका निर्बाह गर्न सक्ने जानकारी गराउनु भयो ।
कुराकानीपछि ढकालको सुझाब अनुसार त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएको जानकारी नक्सा र अन्य जानकारी सहित राख्न त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक रतिश चन्द्र लाल सुमन सहमत हुनु भएको छ ।  Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Promoting Nepal as birth place of Buddha and country of Mt. Everest (Sagarmatha)

Posted by Ram Kumar Shrestha on December 18, 2012

PetetionWould you collect 200 signatures to PROMOTE Nepal as Birthplace of Lord Buddha & Land Of Mt. Everest (Sagaramatha) ?

~ Prem Guragain, Los Angeles, California

It might sound selfish or impractical but this is the truth: we might live without food, water for few days but can’t live without self-respect. Even small children like to be appreciated, cared and loved. All grown up people have tendency to be appreciated and respected for anything they do.

We all crave for appreciation and hence do much social work, volunteering work, write, sing, speak etc. etc. How about our National PRIDE & RESPECT in the world?

We definitely would love to get RESPECT for the motherland and hence, the PETITION was started.

We started the PETITION: “Promote: Buddha was born in Nepal & Mt. Everest is in Nepal (www.nepalesepride.org)” in July, 2012 with confidence that we will collect 1,000,000 signatures from around the world and correct the fact that has been recorded wrong. Over seven billion people in the world will know these facts about NEPAL (Never Ending Peace And Love), the country that lies between India and China as many people in the world have never heard of Nepal even though they know Lord Buddha’s teachings and Mt. Everest (Sagaramatha) being the highest peak in the world. Read the rest of this entry »

Posted in Miscellaneous, News | Tagged: | 4 Comments »

THE HIMALAYAN TALK : RAM KUMAR SHRESTHA SHARES HIS VIEWS

Posted by Ram Kumar Shrestha on December 16, 2012

[Ram Kumar Shrestha, the Global Coordinator of ‘Lumbini-Kapilvastu Day Movement’, founded in 2009 for raising awareness of the Buddha birth place Lumbini and Kapilvastu also, spoke to us tonight from Melborne, Australia. He opines that every Nepalese has a sacred duty to join hands towards the movement he has started for world peace through the Buddha’s teachings and messages. He strongly asserts that the Buddha was born in present day Lumbini of southern Nepal.]

Posted in Visual | Tagged: , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

Ariel Lewin, an American Ethnographer at Harvard University on Buddha birthplace

Posted by Ram Kumar Shrestha on December 15, 2012

Ariel Lewin, an American Ethnographer at Harvard University shared her thoughts on Buddhist pilgrame to Lumbini archaeological site and the Budhha birth place also. She is a practising Buddhist and is of the opinion that Buddha’s birth-site is where the Ashokan pillar stands today, that is to say, present day Lumbini of Nepal:

Posted in Visual | 1 Comment »

क्यानाडाको टोरोण्टोमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस

Posted by Ram Kumar Shrestha on December 12, 2012

Canada program २०१२ डिसेम्बर २, क्यानाडा टोरोण्टो: क्यानाडाको टोरोण्टोमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस २०१२ डिसेम्बर २ आईतबारका दिन मनाईयो । २००९ डिसेम्बर १ का दिन ईतिहासमा पहिलो पटक भारतले नक्कली लुम्बिनी बनाएको बिरोधमा बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा कपिलबस्तु दिवस मनाएपछि प्रत्येक बर्ष १ डिसेम्बरमा कपिलवस्तु दिवस मनाउने गरिएको छ र गत बर्षदेखि धेरैको सुझाबलाई ध्यानमा राखी लुम्बिनी-कपिलवस्तु दिवस भन्ने निर्णय गरिएको हो ।

शान्तिका दूत गौतम बुद्ध नेपालमा जन्मेकाहुन भन्ने अभियानलाई सफल पारौ भन्ने नारा सहित टोरोण्टोमा एक अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तक्रिया कार्यक्रम बुद्ध बिहार र समाजका बुद्धिजिबी बर्गहरु बिचमा भएको थियो । कार्यक्रमका संयोजक श्री सुबास बीके रहेको सो कार्यक्रममा बिभिन्न बक्ताहरूले आ-आफ्ना भनाईहरु राखेका थिएI बिहारको कार्यक्रम सकिएपछिको भेलामा संयोजक श्री सुबास बीकेले सबै सहभागिहरुलाई स्वागत गर्दै अभियानको बारेमा बिस्तृत जानकारी दिनु भयो साथै अभियानलाई सफल पार्न यस्को गतिलाई अरु तीब्र पार्न आग्रह गर्नु भयो ।

कार्यक्रममा मन्तब्य दिने क्रममा डा हरि गुरुंगले स्कूल पाठ्यपुस्तकहरुमा बुद्धको जन्मस्थान बारेमा भएका गल्तिहरू सचाउने र प्रचार सामाग्रीहरुमा बुद्धको फोटो राख्ने कुरामा जोड़ दिनुभयो । डा तुलशी धरेलले अभियानको बारेमा बिस्तृत जानकारी दिनुका साथै प्रचार सामाग्रीहरुमा बुद्धको फोटो राख्ने कुरामा जोड़ दिदै “कन्सर्न-नेपाल” नेपाल-सरोकार नामक संस्थाको बारेमा बिस्तृत जानाकारि दिनुभयो । त्यसै गरी नर बहादुर टन्डनले अभियानको लागि अर्थ संकलन गर्नुपर्ने र मुख्य शहरमा बुद्धको बारेमा ठुलो सूचना बोर्ड राख्ने कुरामा जोड़ दिनु भयो । श्री सुरेश ख़नालले बुद्धको बारेमा लेखिएको साचो कुरा उल्लेखित कुनै निकायको जिम्मेवार परिपत्र भएमा अभियानलाई थप सहयोग मिल्ने Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

4th Lumbini-Kapilvastu Day: Haiku by Janak Sapkota

Posted by Ram Kumar Shrestha on December 7, 2012

Janak SapkotaThis haiku was received from Janak Sapkota, Finland on the auspicious occasion of 4th Lumbini-Kapilvastu day. Janak Sapkota is from Nepal, currently a postgraduate science student in Finland. He has published Lights Along the Road, a collection of haiku co-authored with the American poet Suzy Conway. He won the Smurfit Samhain International Haiku Prize 2006 and the Seventh Annual Ukia Haiku Competition 2009. While on a writing residency at Cló Cheardlann na gCnoc, Donegal, Ireland, he published Full Moon, a limited edition haiku with Irish- language translations by Gabriel Rosenstock and images by Danielle Creenaune. He is, therefore, an internationally recognized poet, however; shadowed in his own motherland and this is just an attempt to bring him among Nepali community. For more please click here]

Kapilvastu* –
every corner
renders silence

(* Kapilvastu is one of the districts of Lumbini Zone, Nepal. The district is located in a part of ancient Shakya kingdom of Buddha.  ) Read the rest of this entry »

Posted in Poem | Tagged: , , , , , , , , , , , , | 1 Comment »

Global Voice on Peace

Posted by Ram Kumar Shrestha on December 5, 2012

On the auspicious occasion of 4th Lumbini-Kapilvastu Day, the Movement created this clip to spread Buddha’s peace message all over the world.   Participants:

Agni Frank Eickermann -Spiritual leader, USA
Venerable Samahita Thero, Sri Lanka
Miss Nepal Australia 2011 – Reecha Dhital
Miss Nepal Australia 2012 – Deepashree Shah
Mister Nepal Australia 2012 – Niraj Sharma
Ram Kumar Shrestha – Lumbini-Kapilvastu Day Movement Global Coordinator
Indu Nishani Nanayakkara, Sri Lanka

Posted in Visual | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | 1 Comment »

लुम्बिनी विश्व शान्ति सहर बनाउने गुरुयोजना तयार

Posted by Ram Kumar Shrestha on December 4, 2012

greater-lumbiniगंगा बीसी काठमाडौ, मंसिर १८ – लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने गुरुयोजना तयार भएको छ । कोरियाका प्राध्यापक क्वाकले सोमबार एमाओवादी अध्यक्ष एवं बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल र पर्यटनमन्त्री पोस्टबहादुर बोगटीसमक्ष प्रारम्भिक गुरुयोजना प्रस्तुत गरेका हुन् । लुम्बिनीलाई केन्द्रबिन्दुमा राखी तयार पारिएको गुरुयोजना कमलको फूल आकारको हुनेछ । लुम्बिनीलाई बीचमा राखेर चारैतिर पाँच/पाँच माइल अर्थात् ६ हजार ४ सय हेक्टरमा बन्ने प्राध्यापक क्वाकको गुरुयोजनामा उल्लेख छ । दाहालले प्रारम्भिक गुरुयोजना राम्रो भएको प्रतिक्रिया दिए । ‘यो प्रारम्भिक गुरुयोजनाबारे राम्रो छलफल भयो,’ उनले संक्षिप्त प्रतिक्रिया दिए । पर्यटनमन्त्री पोस्टबहादुर बोगटीले गुरुयोजनाबारे निरन्तर छलफल हुने बताए ।

गुरुयोजनामा चार क्षेत्र हुने उल्लेख छ । त्यसअनुसार बुद्ध, धर्म, संघ र उपासक क्षेत्र हुनेछन् । यी क्षेत्र निर्माणका लागि तीन अर्ब डलर लाग्ने अनुमान छ । त्यसका लागि राष्ट्रसंघ, विश्व बैंकलगायतले सहयोग गर्ने प्राध्यापक क्वाकले बताएका छन् । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

How to Inspire Your Brain

Posted by Ram Kumar Shrestha on December 4, 2012

By Deepak Chopra, Co-author, ‘Super Brain: Unleashing the Explosive Power of Your Mind to Maximize Health, Happiness, and Spiritual Well-Being’; founder, The Chopra Foundation

 GYI0000667336.jpgWe’ve entered a golden age for brain research, but all these new findings haven’t trickled down to the individual. Yet there are broad discoveries that make it possible to everyone to improve their brains. Let me state these succinctly:

• Your brain is constantly renewing itself.
• Your brain can heal its wounds form the past.
• Experience changes the bran every day.
• The input you give your brain causes it to form new neural pathways.
• The more positive the input, the better your brain will function.

In a new book, Super Brain, I and my co-author, Prof. Rudolf Tanzi of Harvard Medical School, expand upon the neuroscience behind these broad findings. The old view of the brain as fixed for life, constantly losing neurons and declining in function, has been all but abolished. The new brain is a process, not a thing, and the process heads in the direction you point it in. A Buddhist monk meditating on compassion develops the brain circuitry that brings compassion into reality. Depending on the input it receives, you can create a compassionate brain, an artistic brain, a wise brain, or any other kind.

However, as Prof. Tanzi and I see it, the agent that makes these possibilities become real is the mind. The brain doesn’t create its own destiny. Genetics delivers the brain in a functioning state so that the nervous system can regulate itself and the whole body. It doesn’t take your intervention to balance hormone levels, regulate heartbeat, or do a thousand other autonomic functions. But the newest part of the brain, the neocortex, is where the field of possibilities actually lies. Here is where decisions are made, where we discriminate, worship, assess, control, and evolve Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , | 1 Comment »

मेलबर्नमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस बिभिन्न कार्यक्रम सहित सम्पन्न

Posted by Ram Kumar Shrestha on December 2, 2012

१ डिसेम्बर २०१२, प्रेस्टन, मेलबर्न : भारतले नक्कली लुम्बिनी निर्माण कार्य सन २०१२ सम्ममा सम्पन्न गर्ने किसिमले सन २००९ को अन्तसम्ममा झन्डै असी प्रतिशत कार्य सम्पन्न भैसक्ता समेत त्यसबारे बुद्धभूमि नेपालका तर्फबाट भने कुनै पनि स्तरबाट कुनै पनि रुपमा आवाज उठेको नपाईएकोले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले जे जस्तो रुपमा हुन्छ आवाज उठाउनु पर्छ भनी १ डिसेम्बर २००९ मा   कपिलवस्तु दिवस विस्व दिवसको रुपमा मनाउन शुरु गरिएकोमा धेरैको सुझाबलाई ध्यानमा राखी गत बर्षदेखि अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा परिवर्तन गरिएको थियो । यसरी नाम परिवर्तन गरेपस्चात अभियानले पहिलो पटक आफ्नो बार्षिकी बिभिन्न देशमा मनाउने क्रममा आज मेलबर्नको प्रेस्टनमा बिभिन्न कार्यक्रम सहित चौथो लुम्बिनी-कपिलवस्तु दिवस मनाइएको छ ।

मेलबर्नको पहिलो २४/७ नेपाली संचार रेडियोको संयुक्त रुपमा बिमोचन गर्दै भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन र अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ (साथ रेडियोका प्रबन्ध निर्देशक प्रमोद के सोनी)

Group

कार्यक्रमलाई संबोधन गर्ने क्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जनले वुद्ध जन्मस्थल बिषयलाई लिएर विस्वब्यापी रुपमा आवाज उठाइरहेको यस अभियानका गतिबिधि मेलबर्नमा खटकिरहेकोमा अभियानका विस्व संयोजकको आगमनसंगै मेलबर्नमा अभियानका यस किसिमका गतिबिधि भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुलाई एक सूत्रमा बाँध्ने माध्यम हुन सक्ने बताउँदै अभियानको उद्धेस्य प्राप्तीका लागि आफ्नो अधिकार क्षेत्रभित्र पर्ने कुनै पनि सहयोग गर्न आफू सधैं तत्पर रहेको बताउनु भयो ।  Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , | 1 Comment »

नेपालमा चौथो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा हजारौंको सहभागिता

Posted by Ram Kumar Shrestha on December 2, 2012

नोभेम्बर ३०, २०१२ काठमाण्डौ : बुद्धको जन्मस्थान सम्बन्धि भएका भ्रामक प्रचारको विरोध स्वरुप विगत ४ वर्षदेखि मनाउँदै आइएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले देश तथा विदेशमा यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यसैसन्दर्भमा लुम्बिनी कपिलवस्तु प्रबर्द्धन विश्व अभियान, राष्ट्रिय तदर्थ समिति नेपालको आयोजनामा शुक्रबार नोभेम्बर ३० का दिन र्याली सहित सभाको आयोजना गरियो । बुद्ध हाम्रा राष्ट्रिय विभुति हुन्, विश्वका गौरव हुन्, बुद्ध शान्तिका प्रणेता हुन्, अग्रदूत होइनन, बुद्ध शान्तिका महानायक हुन्, उनका उपदेशहरू पालना गरौँ, शान्ति आफैँ आउँछ जस्ता बुद्ध दर्शनका नारा लेखिएको विभिन्न प्लेकार्ड तथा ब्यानरका साथ शान्तिबाटिकाबाट १२.०० सुरु भएको सो र्याली पुरानो बसपार्क, भद्रकाली मन्दिर, सहिदगेट, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा वक्ताहरुले बुद्धसम्बिन्धी विभिन्न पाटोको चर्चा गर्दै अभियानलाई आगामी दिनमा अझ शसक्त बनाउनु पर्ने भन्दै आ–आफ्नो तर्फबाट योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका ललितपुरका पूर्वमेयर वेखारत्न शाक्यले बुद्ध जन्मेको देशमा जन्मिने हामी नेपाली भाग्यमानी भए पनि उनीप्रति न्याय गर्न नसकिएको बताउनु भयो । नेपालका पुस्तकहरुमा बुद्धको जन्मस्थानबारे भ्रम नरहेको स्पष्ट पार्दै बुद्धको उपदेशलाई मानेर गएमा देशमा शान्ति हुने धारणा व्यक्त गर्नुभयो ।

LKDN

Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

सिडनीमा वुद्ध जन्मस्थल दिग्भ्रम निस्तेज पार्ने काममा उल्लेख्य उपलब्धी

Posted by Ram Kumar Shrestha on December 2, 2012

बिभिन्न देशमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस बिभिन्न कार्यक्रम सहित मनाउने क्रममा लुम्बिनीलाई प्रचार प्रसार गर्दै वुद्ध जन्मस्थल वारेको गलत चर्चा परिचर्चा र Sydney Bजानकारीलाई अन्त्य गर्न अस्ट्रेलियाका भिक्षुहरुले नेपालीहरूसंग सह्कार्य गर्ने भएका छन् । दक्षिणी गोलार्द्धकै सबैभन्दा ठूलो बुद्ध मन्दिर मानिने सिडनीको “नान टी यान टेम्पल ” र लुम्बिनी-कपिलवस्तु दिवस अभियानका नेपाली समुदाय विच सो सहमति भएको हो।

वुद्धको विस्वब्यापी महत्वबाट लालायितहरुद्धारा सीमित स्वार्थका कारण बुद्ध जन्मस्थल बिषयलाई लिएर सिर्जना गरिएको गलत प्रचार चिर्न लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अस्ट्रेलिया राष्ट्रिय समिति, असनेपालन्युज, चिनारि नेपाल, वोर्ल्ड टी भि, एम एन टी भि लागायतको संयुक्त टोलीले गरेको अनुरोधलाई स्वीकार गर्दै उक्त वुद्ध मन्दिरका भिक्षुहरूले सो सहमति जनाएका हुन् । उक्त टोली त्यहाँ जानु अघि अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको बिशेष अनुरोधमा अस्ट्रेलियाको न्यू साउथ वेल्सका महावाणिज्यदूत महामहिम दीपक कुमार खडकाले वुद्ध प्रबर्द्धन कार्यमा लागेका अभियानको साथमा स्थानीय बिभिन्न संस्थाहरु त्यहाँ आउने कार्यक्रम रहेको जानकारी दिंदै विस्व शान्ति उद्धेस्य प्राप्तीमा दुई पक्ष बीच सहकार्य गरी अगाडि बढने बातावरण सिर्जना गर्नका खातिर आबस्यक सहयोग गरिदिन आग्रह सहितको पत्र लेख्नु भएको थियो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

आमाको काख खोजेको रैछु त्यो कहिल्यै जानिन (Video)

Posted by Ram Kumar Shrestha on December 1, 2012

डा कविताराम श्रेष्ठ, वेलायत

(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि वेलायतबाट डा कविताराम श्रेष्ठबाट प्राप्त कविता)

Posted in गीत/ कबिता/ गजल, Visual | Leave a Comment »

आमाको काख खोजेको रैछु त्यो कहिल्यै जानिन

Posted by Ram Kumar Shrestha on December 1, 2012

डा कविताराम श्रेष्ठ, वेलायतkavitaram-shrestha

(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि वेलायतबाट डा कविताराम श्रेष्ठबाट प्राप्त कविता)

विश्वको उच्च शीखर सगरमाथाले गर्वकासाथ उदघोष गरिरहेछ, म त्यस माटोबाट निर्मित छु जुन माटोमा मानव सभ्यताका शिखरपुरुष महामानव गौतम बुद्धले जन्म लिएका थिए । मलाई पनि गर्व छ म पनि त्यही माटोमा जन्मिएँ जुन माटोमा पृथ्वीका उच्च शिखर अवस्थित छ र जहाँ पृथ्वीको उच्च मानवशीखर पुरुषले जन्म लिएका थिए । सन्दर्भ हो, यस्तो स्वाभिमान सिर्जित गर्ने प्रतिक गौतम बुद्ध नेपाली भूमिमा जन्मेका हुन् – यो वास्तविकता नै छायाँमा पर्न जानुको पीडाको, सन्दर्भ हो यसै पीडाको कारणबाट जिन्मिएको लुम्विनी – कपिलवस्तु दिवश विश्व अभियानको, जसले सन् २००९ डिसेम्बर १ देखि आज सन् २०१२ डिसेम्बर १ सम्म विश्वभर आफ्नो संजाल फैलाएर अनेकन सफलता पनि हासिल गरिसकेको छ र जसले हामीलाई अरु बढी आन्दोलित हुन उत्साह र उर्जा प्रदान गरेको छ । हामी त्यस माटोको प्रवर्द्धन गर्दैछौँ जुन माटोले बुद्धजस्तो महान विभूतिलाई जन्म दियो र उनलाई महानतम बुद्धत्व प्राप्त गर्ने प्रज्ज्वलित सँस्कार प्रदान गर्यो ।

व्यक्तिको व्यक्तित्व विकासमा जन्मभूमीको अहम भूमिका हुने गर्दछ । कुनैपनि चेतनशील व्यक्तिले माटोको यो ऋणलाई यसरी बुझ्दछ । बुद्धजस्तो महान व्यक्तिले कसरी यो भुल्दथे ? ज्ञान प्राप्त गरेपछि त्यस माटोलाई कृतज्ञतापूर्ण ढोग दिन उनी कपिलवस्तु आएका थिए । म कल्पन्छु, कपिलवस्तु टेक्ने वित्तिकै उनले माटोमा निधार विसाउँदै लुम्बिनीलाई हात जोडेर यसरी कृतज्ञता ज्ञापन गरेका थिए –

जुन माटोले यो देह दियो त्यो माटोलाई नमस्कार
जुन हावाले यो प्राण दियो त्यो हावालाई नमस्कार
जुन पानीले यो रगत दियो त्यो पानीलाई नमस्कार
जुन पर्यावरणले यो संस्कार दियो त्यो पर्यावरणलाई नमस्कार
जननीजन्मभूमीश्च स्वर्गादपि गरियसी । Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

पुनारवृत्तिमा परिवेशहरु … (VIDEO)

Posted by Ram Kumar Shrestha on December 1, 2012

-मधु माधुर्य  अभयपुर, दोलखा ( हाल : मस्को, रुस महासंघ)

(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि रसियाबाट डा मधु माधुर्यबाट प्राप्त कविता)

Posted in गीत/ कबिता/ गजल, Visual | Leave a Comment »

पुनारवृत्तिमा परिवेशहरु …

Posted by Ram Kumar Shrestha on December 1, 2012

-मधु माधुर्य  अभयपुर, दोलखा ( हाल : मस्को, रुस महासंघ)
 Madhu
(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि रसियाबाट डा मधु माधुर्यबाट प्राप्त कविता)
समय नदि बगिरहेको थियो बगि नै रहेछ …
बगिरहेको थियो समय नदि बगि नै रहेछ …
मोनालिसाको मुस्कान दिदीको ओंठमा
बसाईं सर्न नसकेको धेरै भयो
गुराँसको रंग विवाहित बहिनीको सिउँदोमा
बग्न  सकेको छैन
विद्रोहका आदिम /अथकित खेताला हामी
झ्याउँकिरी कराएर मात्र भयो के ?
पोखिएर इन्द्रेणी मातृमाटोमा
बसन्त फुल्न सकेको छैन ….
माटो “पानी पानी ” भनेर छट्पटाएको  बेला –
पग्लेको हिमाल पनि
मेचीको बाँध र टनकपुर् दुखेरै बिलाउँछ
मानौं : ढुङ्गा, माटो, मान्छे पनि पानीबिना नै बाँच्छ
जस्तो कि “जाबो (?)” संबिधानबिना पनि देश बाँच्छ
तस्करले फाँडेको पुर्व घनाजंगलको नाङ्गो चउरमा
डाँफे नाच्यो त् के भयो ?
लेन्डुपहरुको निर्जीव छायाँमा पनि हाम्रो मृत्यु नाच्छ …

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »