Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Posts Tagged ‘Kapilvastu Day’

THE HIMALAYAN TALK : RAM KUMAR SHRESTHA SHARES HIS VIEWS

Posted by Ram Kumar Shrestha on December 16, 2012

[Ram Kumar Shrestha, the Global Coordinator of ‘Lumbini-Kapilvastu Day Movement’, founded in 2009 for raising awareness of the Buddha birth place Lumbini and Kapilvastu also, spoke to us tonight from Melborne, Australia. He opines that every Nepalese has a sacred duty to join hands towards the movement he has started for world peace through the Buddha’s teachings and messages. He strongly asserts that the Buddha was born in present day Lumbini of southern Nepal.]

Posted in Visual | Tagged: , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

Global Voice on Peace

Posted by Ram Kumar Shrestha on December 5, 2012

On the auspicious occasion of 4th Lumbini-Kapilvastu Day, the Movement created this clip to spread Buddha’s peace message all over the world.   Participants:

Agni Frank Eickermann -Spiritual leader, USA
Venerable Samahita Thero, Sri Lanka
Miss Nepal Australia 2011 – Reecha Dhital
Miss Nepal Australia 2012 – Deepashree Shah
Mister Nepal Australia 2012 – Niraj Sharma
Ram Kumar Shrestha – Lumbini-Kapilvastu Day Movement Global Coordinator
Indu Nishani Nanayakkara, Sri Lanka

Posted in Visual | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | 1 Comment »

मेलबर्नमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस बिभिन्न कार्यक्रम सहित सम्पन्न

Posted by Ram Kumar Shrestha on December 2, 2012

१ डिसेम्बर २०१२, प्रेस्टन, मेलबर्न : भारतले नक्कली लुम्बिनी निर्माण कार्य सन २०१२ सम्ममा सम्पन्न गर्ने किसिमले सन २००९ को अन्तसम्ममा झन्डै असी प्रतिशत कार्य सम्पन्न भैसक्ता समेत त्यसबारे बुद्धभूमि नेपालका तर्फबाट भने कुनै पनि स्तरबाट कुनै पनि रुपमा आवाज उठेको नपाईएकोले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले जे जस्तो रुपमा हुन्छ आवाज उठाउनु पर्छ भनी १ डिसेम्बर २००९ मा   कपिलवस्तु दिवस विस्व दिवसको रुपमा मनाउन शुरु गरिएकोमा धेरैको सुझाबलाई ध्यानमा राखी गत बर्षदेखि अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा परिवर्तन गरिएको थियो । यसरी नाम परिवर्तन गरेपस्चात अभियानले पहिलो पटक आफ्नो बार्षिकी बिभिन्न देशमा मनाउने क्रममा आज मेलबर्नको प्रेस्टनमा बिभिन्न कार्यक्रम सहित चौथो लुम्बिनी-कपिलवस्तु दिवस मनाइएको छ ।

मेलबर्नको पहिलो २४/७ नेपाली संचार रेडियोको संयुक्त रुपमा बिमोचन गर्दै भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन र अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ (साथ रेडियोका प्रबन्ध निर्देशक प्रमोद के सोनी)

Group

कार्यक्रमलाई संबोधन गर्ने क्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जनले वुद्ध जन्मस्थल बिषयलाई लिएर विस्वब्यापी रुपमा आवाज उठाइरहेको यस अभियानका गतिबिधि मेलबर्नमा खटकिरहेकोमा अभियानका विस्व संयोजकको आगमनसंगै मेलबर्नमा अभियानका यस किसिमका गतिबिधि भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुलाई एक सूत्रमा बाँध्ने माध्यम हुन सक्ने बताउँदै अभियानको उद्धेस्य प्राप्तीका लागि आफ्नो अधिकार क्षेत्रभित्र पर्ने कुनै पनि सहयोग गर्न आफू सधैं तत्पर रहेको बताउनु भयो ।  Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , | 1 Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजकसंगको बिशेष अन्तर्वार्ता

Posted by Ram Kumar Shrestha on November 22, 2012

हाम्रो पूर्बीय दर्शन अनुसार देव ॠण, पितृ ॠण, गुरु ॠण र माटोको ॠण चुक्ता नगरीकन मान्छेको जीवन सफल हुँदैन भन्ने भनाइ र मान्यता छ । अत: यो अभियानको उद्धेस्य प्राप्तीमा लाग्नु भनेको माटोको ॠण चुक्ता गर्ने एउटा महत्वपूर्ण अबसरलाई गुम्न नदिनु पनि हो ।

सबैभन्दा ठूलो समस्या नेपालको भू-राजनितिक अवस्था हो तापनि सास्वत सत्य मृत्‍युलाई संझने हो भने स्वार्थबाट माथि उठन सकिन्छ । स्वार्थबाट माथि उठने बित्तिक्कै भू-राजनित्क समस्या समस्या रहने छैन र यो समस्या पनि समस्याको रुपमा रहने छैन । बिभिन्न स्तरको स्वार्थका कारण बिद्यमान समस्यालाई कसैले नदेखे जस्तो र कसैले नबुझे जस्तो नाटक गरी गोल मटोल काम कुरो गरी समस्या समाधान गर्ने कार्यमा सहभागी हुनबाट पन्छनेहरु पनि छन । कुनै पनि समस्या समाधानको सबैभन्दा  ठूलो समस्या यथार्थता नबुझ्ने नभएर बुझ पचाउनेहरु हुन ।

(नेपाली संचारका तर्फबाट प्रमोद कुमार सोनी र नमस्ते नेपाल न्यूजका तर्फबाट सविन थापाले संयुक्त रुपमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमारश्रेष्ठसंग चौथो लुम्बिनी-कपिलवस्तु दिवसलाई लक्षित गरी लिइएको अन्तरबार्ता ।)

के कस्ता कारणहरुले गर्दा लुम्बिनी-कपिलवस्तु दिवस अभियान शुरु गर्न परेको हो?

२००९ को सेप्टेम्बरको शुरुतिर ‘अनलाइन खबर’ पत्रिकामा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” समाचार प्रकाशमा आएको थियो जस्मा दुई कुरा अत्यन्तै संबेदनशील थिए – त्यत्ति ठूलो परियोजना करीब ८०% सम्पन्न भैसकेको भन्ने पहिलो र दोश्रो सन २०१२ सम्ममा सो परियोजना  संपन्न गर्ने किसिमले युद्धस्तरमा काम भैरहेको । नेपालको रास्ट्रियतामाथि चुनौति दिने त्यत्ति ठूलो परियोजना करीब ८०% संपन्न भैसक्ता पनि सरकार, संचार र बुद्धिजिबि कतैबाट पनि कुनै पनि किसिम र स्तरबाट आबाज नउठाइेएकोले सर्बसाधारण यस्तो संबेदनशील खबरबाट बेखबर थिए । यस किसिमको सर्बपक्षीय मौनताका कारण मुलभूत रुपमा भारतीय पक्षद्धारा सिर्जित र त्यस्का कारण दिग्भ्रमित पश्चिमी बिद्धानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो । यसर्थ, बिस्वभरि छरिएर रहेका नेपालीहरु बीच ‘कपिलवस्तु दिवस बिस्व दिवस’को रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थबोध गराउनका खातिर भन्ने सहमति बन्यो । र गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेको दिनलाई ऐतिहासिक महत्व दिनुको समेत बहु-आयामिक महत्व हुने भएकोले इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा ‘कपिलबस्तु दिवस विस्व दिवस’को रुपमा मनाइयो । र यस्लाई निरन्तरता दिनको लागि संस्थागत गर्न २०१० मा दुई चरणमा गरी २१ सदस्यीय बिस्व कार्य समिति गठन गरियो यस्को सल्लाहकार मण्डलमा तीन ठूला पार्टीका प्रतिनिधि र दुई बिदेशीलाई समेत समाबेश गरी । र गत बर्षदेखि धेरैको सुझाबलाई ध्यानमा राखी अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान बनाइएको हो ।

अभियान शुरु गर्नुका पछाडि अन्य उद्धेस्यहरु पनि छन कि ?

जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले गरिएको कामले नेपालको राष्ट्रियतामा चुनौती दिने काम भएकोले यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै सत्यका प्रतिक र पर्यायबाची वुद्धको नामका कारण उनकै नामबाट नाजायज फायदा लिनका लागि बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने कामलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । Read the rest of this entry »

Posted in अन्तरबार्ता | Tagged: , , , , , , , , | Leave a Comment »

नेपाली सन्चारद्धारा रामकुमार श्रेष्ठसंग गरिएको जानकारीमूलक कुराकानी

Posted by Ram Kumar Shrestha on September 17, 2012

यही १५ र १६ तारिख नेपाली सन्चारद्धारा रामकुमार श्रेष्ठसंग गरिएको कुराकानी सुन्न सक्नु भएको छैन भने तलको लिंकमा गएर कुनै पनि बेला सुन्न सक्नु हुनेछ: 

नेपाली सन्चार लिंक: http://nepalisanchar.com/

कुराकानीमा जाने लिंक : http://soundcloud.com/kura-kani-pramod-k-soni/kura-kani-episode-2-every ( http://snd.sc/S1h2uc)

Posted in अन्तरबार्ता | Tagged: , , , , , , , , , , , , , , | Leave a Comment »

An Interview with Sunita Basnet

Posted by Ram Kumar Shrestha on January 21, 2012

दक्षिण कोरियाको SungkongHoe Univesity मा पढ्ने सुनिता बस्नेतले केही समय अघि तपाईँहरुको सहयोगको अपेक्षा गरेकी थिइन  Your Big Year नाम गरिएको बिश्वब्यापी प्रतियोगितामा आफूलाई बिजयी बनाउन । स्मलर अर्थ (Smaller Earth) नामक संस्थाले यो प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रतियोगितामा विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएका थिए जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ जना छनौट भएका थिए, जसमा सुनिता पनि एक हुन।

Smaller Earth नामक संस्थाद्धारा सञ्चालित Your Big Year को बिश्वब्यापी प्रतियोगितामा सहभागी विश्वका २१२ देशका ६० हजार युवा-युवतीबाट पहिलो चरणमा छानिएका १११ जनाबाट बिजयी १२ जनामध्येमा परेर Smaller Earth Ambassador भएकी छिन सुनिता बस्नेत । अब ग्लोबल एम्बेसडर बन्नको लागि उन्ले केही चरण पार गर्नु पर्नेछ र भबिस्यमा पुन: उन्लाई हाम्रो सहयोगको आवश्यकता पर्न सक्नेछ । यसरी विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएको प्रतियोगिताबाट जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ बाट १२ जनामा परी Smaller Earth Ambassador हुन सफल भएकीमा सुनिता बस्नेतलाई हाम्रो बधाई र आगामी चरणहरु पार गरेर ग्लोबल एम्बेसेडर बन्न सफल होस भन्ने हाम्रो शुभ-कामना छ ।

Smaller Earth Ambassador बन्न सफल भएकी सुनिता बस्नेतसंग लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गरिएको सामान्य कुराकानी जानकारीको लागि युट्युबमा राखिएको छ (एकाध ठाउँमा इकोको कारण सामान्य समस्या देखिएको छ । ):

Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , | 2 Comments »

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अभिनन्दनले प्रचन्डलाई जिम्मेवारी थपिएको महसूस

Posted by Ram Kumar Shrestha on December 2, 2011

काठमाडौं, मङ्सिर १५- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रकृया मौलिक ढङ्गले अगाडि बढेको चर्चा गर्दै २१औं शताब्दीमा संविधान सभाबाटै संविधान बनाउने पहिलो देश नेपाल हुने बताएका छन्। लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्वारा आयोजित बिहीबार तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस कार्यक्रममा प्रमुख अतिथिको आसनबाट उनले सबै विचार, राजनीतिक दल, सम्पूर्ण धर्मावलम्बी, बुद्धिजीवीलाई एकताको सन्देशसहित शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न आह्‍वान गरे।
प्रेमराजा महत अभियानको सांस्कृतिक दूतको प्रमाणपत्र ग्रहण गर्दै
बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका अध्यक्ष दाहालले लुम्बिनी विकासको गुरुयोजनाको जुन प्रयत्न भएको छ, त्यो आफैंमा नेपाल र नेपालीका निम्ति केही गर्ने उद्धेस्यसंग जोडिएको छ भने।
लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि संयुक्त राष्ट्र सङ्घका महासचिव वानकी मुनलाई भेटेर विश्वव्यापीरुपमा सो अभियानलाई अगाडि लैजान सकारात्मक र उत्साहप्रद ढङ्गले कुराकानी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले उहाँ छिट्टै नेपाल आउने कार्यक्रम रहेकाले पनि यसको महत्व विश्वव्यापीरुपमा स्थापित भएको बताए। शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन शान्ति प्रक्रियाकै प्रमुख पक्ष भएको नाताले आफ्नो पार्टी हदैसम्मको त्याग गर्न तयार रहेको उनले बताए।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गरिएको अभिन्दनको सन्दर्भमा अध्यक्ष दाहालले सम्मान आफूलाई गरिएको सम्मानभन्दा पनि नेपाली जनताको शान्तिको चाहना, गौतम बुद्धको शान्तिको सन्देश बिस्वभरि छर्ने र आँफैलाई भन्दा एउटा नयाँ भारी बोकाएको सन्देशको रुपमा बुझेको बताउनु भयो ।  Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , | 1 Comment »

Lumbini-Kapilvastu Day Movement Global Committee

Posted by Ram Kumar Shrestha on December 2, 2011

Latest Update:

As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, the birthplace of Gautam Buddha, by observing Lumbini-Kapilvastu Day (before Kapilvastu Day) as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Lumbini-Kapilvastu Day every year.

Originally, on December 1, 1896, Dr Anton Führer, a German archaeologist, had discovered the Buddha’s birthplace when he found the Asoka Pillar at Lumbini.  Even though this site was first discovered by Khadga Shamsher Rana before Führer had reached the site but Führer is credited for this discovery as he brought it into light and made it known to the international community.

The Asoka Pillar is the most important evidence that Buddha was born in Lumbini. Therefore, it was decided to observe December 1 as Lumbini-Kapilavastu Day. The historic Kapilavastu, located close to Lumbini, is considered to be another holy pilgrimage for the Buddhists since it was the place where the Buddha grew up and which he later renounced seeking to understand the cause of human sufferings. The result of years of excavations and researches by numerous national and international teams has been that Tilaurakot is the historic Kapilvastu which UNESCO should certify as another World Heritage, next to Lumbini. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , , | Leave a Comment »

बरिस्ठ हास्य कलाकार मनोज गजुरेल कपिलबस्तु दिवस अभियानका सांस्कृतिक दूत

Posted by Ram Kumar Shrestha on July 11, 2011

फानबोरो, युके,  जुलाइ ९,  २०११ । फानबोरोमा तमुधी, युकेको आयोजनामा भएको एउटा साँस्कृतिक कार्यक्रममा प्रसिद्ध प्रहसन कलाकार श्री मनोज गजुरेललाई “कपिलवस्तु दिवस अभियान” विश्व कार्यसमितिले “कपिलवस्तु दिवस अभियानको साँस्कृतिक दूत” को रुपमा ससम्मान नियुक्ति प्रदान गरेको छ । तमुधिका अध्यक्ष मुछेन्द्र गुरुङ्को स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यक्रममा कपिलवस्तु अभियानका विश्व संयोजक इ. श्री रामकुमार श्रेष्ठले अभियानको परिचय दिनुका अतिरिक्त नेपाललाई संसारमा चिनाउने दुई आधार सगरमाथा र बुद्ध भएकोमा बुद्धको विश्वब्यापी महत्वबाट लालायित भारतले सन २०१२ सम्ममा अरबौं रुपयाँ खर्चेर नक्कली लुम्बिनी बनाउने कार्य तिब्र गतिले अगाडि बढाउँदा समेत देखा परेको सर्वपक्षीय मौनताको कारण अभियान शुरु गरिनु परेको प्रस्टाउँदै विश्व कार्य समिति गठन भएपस्चात यति छोटो समयमा नै स्पेन, बेल्जियम, यूके, क्यानडा, न्यूजिल्याण्ड, डेनमार्क, ताईवान, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन भएको जानकारी दिनु भयो भने सम्मान तथा नियुक्तिको प्रमाण पत्र यसै विश्व समितिका विश्व सल्लाहकार प्रा. डा. कविताराम श्रेष्ठले प्रदान गर्नुभएको थियो । साथै तमुधीका अध्यक्ष तथा यस अभियानका युके राष्ट्रिय समितिका सल्लाहकार श्री मुछेन्द्र गुरूंग र विश्व संयोजक इ. श्री रामकुमार श्रेष्ठले पनि खादा ओढाएर कलाकार मनोज गजुरेललाई सम्मान प्रदान गर्नुभएको थियो । तमुधी युकेद्वारा आयोजित यस कार्यक्रममा  मनोज गजुरेललगायत बरिस्ठ गायिका कोमल ओली र स्थानीय कलाकारहरुको पनि गायन र नृत्यहरु प्रस्तुत थिए । कार्यक्रमको अन्त्यमा सम्मानित मनोज गजुरेलले नेपाललाई संसारमा चिनाउने एउटा आधार बुद्धको बारेमा भारतद्धारा गरिएको राजनीतिको प्रत्युत्तरमा अभियानले शुरु गरेको कार्यमा आफूले सक्दो सहयोग गर्ने  प्रतिवद्धता जाहेर गर्दै यसको भावनालाई बुझेर सबैलाई सहयोग गर्न समेत अनुरोध गर्नु भयो ।  Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , | Leave a Comment »

Kapilvastu Day Movement National Committee formed in Canada

Posted by Ram Kumar Shrestha on November 23, 2010

Chandra Rai, Canada: Kapilvastu Day Movement National Committee formed in Canada. This is the fourth country to form Kapilvastu Day Movement National Committee. Spain was the first country to form the National Committee. Belgium became the second  and UK the third.

After forming the committee, its first meeting has made  the following decisions:

–Chandra Rai will be coordinating the Kapilvastu Day National committee.

–Kapilvastu Day Movement will be coordinated with NRN Canada.

–Organizing an interaction program to celebrate 2nd Kapilvastu Day, On November 28, Sunday @ 1.00pm—3.00pm at ECC Community Center at 81Gilder Drive, Scarborough, ON, M1K4P7,
Major intersection, East of Midland and Eglinton

–Friends in different province and cities could organize 2nd Kapilvastu Day in different ways according to their local condition. Read the rest of this entry »

Posted in News | Tagged: , | Leave a Comment »

कपिलबस्तु दिवस अभियानमा आनी सल्लाहकार र डा. मधु माधुर्य यूरोप संयोजक

Posted by Ram Kumar Shrestha on September 16, 2010

मे ११, २०१० मा पछि दुई जना थपी २१ जना पुर्याउने गरी सार्वजनिक गरिएको कपिलवस्तु दिवस अभियानको १९ जनाको विस्व कार्य समितिलाई डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) र निलकण्ठ तिवारी थपी पूर्णता दिइएको छ । यूरोपको संयोजकको जिम्मा दिइएको डा. मधुकृष्ण श्रेष्ठ NRNA रसियाका महासचिब, साहित्य महासंघका केन्द्रिय अध्यक्ष, फ्रीनेपालका प्रधान संपादक पनि हुनुहुन्छ भने गत बर्षको अस्वीकृत पुरस्कारका बिजेता पनि हुनुहुन्छ ।  त्यसरी नै नेपाल संयोजकको रुपमा थपिनु भएको निलकण्ठ तिवारी ऐक्यबद्धता प्रकाशनका अध्यक्ष हुनुहुन्छ ।  यसरी रामकुमार श्रेष्ठ (वेलायत)को बिस्व संयोजकत्वमा गठित २१ सदस्यीय कपिलबस्तु दिबस अभियान बिस्व कार्य समितिका अन्य सदस्यहरुमा अबि शर्मा, संयोजक (क्यानडा); बाबुराजा महर्जन, संयोजक (न्यूजिल्याण्ड); भानु पौड्याल, संयोजक (क्यानडा); बिनय शाह, संयोजक (हङकङ); चन्द्र राई, संयोजक (क्यानडा); डा हरिकुमार श्रेष्ठ, संयोजक (ताइबान); हरि नेपाली, संयोजक (कतार); लक्ष्मण देबकोटा, संयोजक (पोर्तुगल); लक्ष्मण पुरी, संयोजक (नेपाल); लक्ष्मी सिंखडा, संयोजक (अमेरिका); डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य), संयोजक (रसिया); निलकण्ठ तिवारी, संयोजक (नेपाल); ओम गुरुङ, संयोजक (जापान); राज श्रेष्ठ, संयोजक (नेपाल); रामहरि श्रेष्ठ, संयोजक (वेलायत); सन्तोष न्यौपाने, संयोजक (बेल्जियम); सानु घिमिरे, संयोजक (अस्ट्रेलिया); शैलेश श्रेष्ठ, संयोजक (अमेरिका); शम्भु कट्टेल, संयोजक (अमेरिका); र सुजन न्यौपाने, संयोजक (अस्ट्रेलिया) हुनुहुन्छ ।

अभियानको गतिबिधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत हुने गरी ब्यबस्था गरिएको नौ जनाको सेक्रेटरियटमा बाबुराजा महर्जन (अस्ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हेर्ने), हरी नेपाली ( मध्यपूर्बका देशहरु हेर्ने), राज श्रेष्ठ (सार्क मुलुकहरु हेर्ने), बिनय शाह र ओम गुरुङ (जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरु हेर्ने), शैलेश श्रेष्ठ (अमेरिका र दक्षिण अमेरिका हेर्ने), चन्द्र राई (क्यानडा हेर्ने), र डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) (यूरोप हेर्ने) किसिमले जिम्मेवारी मिलाइएको छ । बिस्व संयोजक स्वत: सेक्रेटरियटमा रहने ब्यबस्था छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , | Leave a Comment »

Kapilvastu Day Video

Posted by worldamity on May 16, 2010

Please click here to go through Kapilvastu Day Video

Posted in Uncategorized, Visual | Tagged: , , , , , | Leave a Comment »