Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for October, 2010

कपिलवस्तु दिवस अभियानको बेल्जियम समिति गठन

Posted by Ram Kumar Shrestha on October 28, 2010

सन्तोष न्यौपाने दामोदर प्रसाद आचार्य, बेल्जियम: नेपालको गौरव तथा “एसियाको प्रकाश”को रुपमा परिचित गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्य विश्वको लागि नौलो विषय होइन् । यो युनेस्कोको विश्व संपदा सूचिमा (लिंकमा जान यहाँ क्लिक गर्नुहोस) समेत स्पष्ट लिपिबद्ध छ ।

Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

बुद्ध नेपालमा जन्मेको हो

Posted by Ram Kumar Shrestha on October 27, 2010

mulabato.com By किन्दर राई

‘Buddha was born in Nepal ‘ अर्थात बुद्ध नेपालमा जन्मेको हो । हालै हाम्रो अनलाइन मेडिया मूलबाटो डटकम (www.mulbato.com) बुद्ध नेपालमा जन्मेको हो (Buddha was born in Nepal) भन्ने भावका साथ एउटा टिर्सट बजारमा ल्याएको छ । यसैको सर्न्दर्भमा केहि प्रसंग कोट्याउने प्रयत्न गरेको छु ।

(रामदेवले भन्न चाहि बुद्द नेपालमा जन्मेको हो अनि आफ्नो दर्शनमा किताबमा चाहि भारत भन्ने यो कस्तो जाईजात्राहो-भिडिओ हेर्नुस)

एसियाको तारा भनेर चिनीएका गौतम बुद्ध संसारभरिका करोडौ मानव जातिकालागी भगवान हुन । आफुलाई कहिल्यै भगवान वा ठुलो मान्छे नभने पनि सम्पूर्ण मानव जातिका लागि मात्र नभएर सम्पूर्ण प्राणि जातिको सुख र सान्तिकालागि राजगद्धी त्यागेर शिर्द्धार्थ गौतमबाट भगवान गौतम बुद्ध भएपछि ऊ संसारभरिका मानव जातिकालागि साझा ब्याक्ती हुन् । ऊ कहाँ जन्मेका हुन् र कुन देशका हुन सामान्य कुरा हो । उनकोलागि कुनै जाति वा देशको परिधीहरु लागु हुदैन् र हुनु हुदैन । Read the rest of this entry »

Posted in लेख / रचना, समाचार, Visual | 1 Comment »

स्पेनमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठन (अपडेट)

Posted by Ram Kumar Shrestha on October 27, 2010

रमेश “आशिक ” पौडेल , बर्सेलोना- स्पेन:  नेपाल र हामी नेपालीहरुको गौरव तथा “एसियाको प्रकाश”को रुपमा परिचित गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्य विश्वको लागि नौलो विषय होइन् । यो युनेस्कोको बिस्व संपदा सूचिमा (लिंकमा जान यहाँ क्लिक गर्नुहोस) समेत स्पष्ट Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

पेरिसमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठनबारे छलफल

Posted by Ram Kumar Shrestha on October 27, 2010

कपिलबस्तु दिवस अभियानका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ स्पेनमा अभियानको राष्ट्रिय समिति गठन र उहाँद्धारा नै लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको बिमोचन गरी यही २५ तारिख पेरिस पुग्नु भएको अबसरमा राजेन्द्र कार्की, अनुराधा पौडेल र ददिराज सापकोटाको सहयोगमा पेरिसस्थित नेपाली दूताबासको कन्सुलरको प्रमुख आतिथ्य र एनआरएनका अध्यक्षको बिशेष उपस्थितिमा बुद्धिजिबी, पत्रकारहरु र सर्ब साधारणको भेला भएको थियो जस्मा कपिलबस्तु दिवस अभियान र यस्को फ्रान्सको राष्ट्रिय समिति गठनबारे छलफल गरिएको थियो । सोही अबसरमा “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको बिमोचन समेत गरिएको थियो । प्रो डा कबिताराम श्रेष्ठ आज बिहान बेल्जियम पुगिसक्नु भएको छ जहाँ कपिलबस्तु दिवस अभियानको बेल्जियम राष्ट्रिय समिति गठन गर्ने र उहाँद्धारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” उपन्यासको बिमोचन गरिने कार्यक्रम छ ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

स्पेनमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on October 24, 2010

बार्सिलोना, स्पेन । बार्सिलोना स्पेनबाट रमेश पौडेलले पठाउनु भएको जानकारी अनुसार त्यहाँ आज कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठन भएको छ । यस अभियानका सल्लाहकारहरुमध्यका एक प्रो डा कबिताराम श्रेष्ठको समुपस्थितिमा भएको करीब २५-३० जनाको भेलाले इस्वर शर्माको राष्ट्रिय संयोजकत्वमा समिति गठन गरेको हो । मे ११, २०१० मा पछि दुई जना थपी २१ जना पुर्याउने गरी वेलायतका रामकुमार श्रेष्ठको बिस्व संयोजकत्वमा सार्वजनिक गरिएको कपिलवस्तु दिवस अभियानको १९ जनाको विस्व कार्य समितिलाई डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) र निलकण्ठ तिवारी थपी १६ सेप्टेम्बरमा पूर्णता दिइएपस्चात अभियानको क्षेत्रीय र राष्ट्रिय समिति गठन गरी संगठन बिस्तार गर्ने अभियानको योजना अनुरुप स्पेन राष्ट्रिय समिति गठन गर्ने पहिलो देश हुन पुगेको छ । भेलाले आगामी डिसेम्बर १ मा कपिलबस्तु दिवस मनाउने निर्णय पनि गरेको छ । स्मरण रहोस गत बर्ष पहिलो पटक कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा मनाइएको थियो भारतले नक्कली लुम्बिनी बनाएर बिस्वका जनतालाई बुद्धको जन्म स्थानबारे दिग्भ्रमित तुल्याएर बुद्धको जन्मस्थान भन्दै दिग्भ्रमित बिस्व जनतालाई नक्कली लुम्बिनीमा लैजाने गरेको पाइएकोले । कपिलबस्तु दिवस अभियानको स्पेन राष्ट्रिय समिति गठनबारे बिस्त्रित जानकारी छिट्टै उपलब्ध गराइने छ ।

Posted in समाचार | Tagged: , | 1 Comment »

Lumbini, Nepal: The Birthplace of Sakyamuni Buddha

Posted by Ram Kumar Shrestha on October 23, 2010

Posted in समाचार, Visual | Tagged: , | 1 Comment »

Over 7m people visit Nepal pavilion

Posted by Ram Kumar Shrestha on October 19, 2010

RSS BEIJING, Oct 19: More than seven million people have observed the Nepal Pavilion at the World Expo that is underway in the Chinese industrial city of Shanghai since five months.

Director of the Nepal Pavilion, Binayak Shah said over seven million visitors came to observe the Nepal pavilion on October 18, the 171st day since the start of the expo.

Shah said Nepal Pavilion is among the top ten best and popular pavilions at the World Expo.

He said the Nepal Pavilion, besides promoting the art and culture of Nepal, has publicized the Nepal Tourism Year-2011 and the five days long trade fair of the South Asian Association for Regional Cooperation (SAARC) to be held in Kathmandu in December.

On the occasion of Bijaya Dashami, various cultural programmes were held at the Nepal Pavilion.  Read the rest of this entry »

Posted in News | Tagged: , , , | Leave a Comment »

Prem Rawat / Maharaji interviewed by Marta Robles

Posted by Ram Kumar Shrestha on October 19, 2010

Posted in Visual | Tagged: , , , | Leave a Comment »

How the Common Good Is Transforming Our World

Posted by Ram Kumar Shrestha on October 18, 2010

Huffington Post By Douglas LaBier, Ph.D. *

In my previous post I wrote about a rising social psychosis that’s visible in three areas of our society. It’s likely to prevail for some time, but I think it’s like a wave that’s crested and will crash to the shore. The reason is that the social psychosis is a backlash against a steadily growing consciousness and behavior that refocuses personal lives and public policies towards promoting the common good.

By the “common good” I’m referring to a broad evolution beyond values and actions that serve narrow self-interest, and towards those guided by inclusiveness — supporting well-being, economic success, security, human rights and stewardship of resources for the benefit of all, rather than just for some. Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , , , | Leave a Comment »

THE POWER OF EMPATHY

Posted by Ram Kumar Shrestha on October 18, 2010

Huffington Post By Mike Robbins *

Empathy is one of the most important aspects of creating harmonious relationships, reducing stress, and enhancing emotional awareness — yet it can be tricky at times. I consider myself to be quite empathic, but I notice that with certain people (especially those I don’t like or agree with, and also with myself at times) and in particular situations, my natural ability and desire to empathize can be diminished or almost nonexistent.

I also notice that when I feel empathy for others and for myself, I feel a sense of peace, connection, and perspective that I like. And when there is an absence of empathy in a particular relationship or situation, or how I’m relating to myself, I often experience stress, disconnection, and negativity. Can you relate?

What Is Empathy? Read the rest of this entry »

Posted in Article | Leave a Comment »

How Meditation Affects the Gray Matter of the Brain

Posted by Ram Kumar Shrestha on October 8, 2010

Huffington Post By David Hamilton*, Ph.D. (PhD in organic chemistry)

I like to meditate. It makes me feel at ease and I am convinced that the sense of calm it produces helps me to handle thedaily challenges of my life. There are, of course, times when I don’t keep up my daily practice of sitting quietly for 10 or 15 minutes, but these are the times in my life when I experience more stress.

Stress affects everyone. I don’t know a single person who doesn’t get stressed. But unfortunately, it plays a major role in illness. According to the Centers for Disease Control and Prevention, in fact, up to 90 percent of doctor visits in the U.S. may be stress related. Meditation is an antidote to stress, just as an aspirin can counter a headache. A regular practice can be a major boost to health. Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , | Leave a Comment »

Rethinking the Nature of Life

Posted by Ram Kumar Shrestha on October 6, 2010

Huffington Post By Robert Lanza, M.D.

Is there a higher level of being? Or are we merely a collection of atoms — more dust spinning around the center of the galaxy?

James Watson, who discovered the structure of DNA, once said: “You’ve got to be prepared sometimes to do some things that people say you’re not qualified to do,” and “Since you know you’re going to get into trouble, you ought to have someone to save you after you’re in deep s—. So you better always have someone who believes in you.” For me, that someone was Eliot Stellar, Provost of the University of Pennsylvania, and Chair of the Human Rights Committee of the National Academy of Sciences.

As a student scientist there seemed to be no purpose to the universe. There were no fountains of youth, no lost gardens to explore in far lands. Something was missing, both from my life and from the scientific books in the library. I was also concerned about the failure to use this available know-how to improve the human condition in large parts of the world. This feeling brought me in medical school to compile a book indicating suggestions for necessary changes, thus offering a multifaceted picture of where science stood and where it intended to go. I invited the Secretary General of the UN, the World Health Organization, and Nobel laureates, among others. The response was overwhelming, dispelling any doubt I had about the need for the book. Read the rest of this entry »

Posted in Article | Leave a Comment »

कपिलबस्तु दिबस अभियानको प्रथम बिस्व कार्य समितिका हालसम्मका निर्णयहरु

Posted by Ram Kumar Shrestha on October 6, 2010

UPdate: 

कपिलवस्तु दिवस अभियानको नाम परिवर्तन

२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर पत्रिकामा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” शिर्षकमा सो निर्माण कार्य सन २०१२ मा सम्पन्न गर्ने गरी करीब अन्तिम अबस्थामा पुगेको समाचार प्रकाशित हुँदासम्म बुद्ध जन्मनु भएको देशका तर्फबाट भने कुनै पनि किसिमको  आवाज नउठेकोले बिभिन्न देशमा छरिएर रहेका नेपाली बीच यसरी मौन बस्न नहुने ठहर गरी “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा जे जसरी हुन्छ मनाएर आवाज उठाइनु पर्ने सहमति भए अनुरुप उपयुक्त दिन खोज्ने क्रममा अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेको दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबसको रुपमा मनाइने निर्णय गरिएको हो । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण नै अशोक स्तम्भ हो । नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध जन्मनु भएको प्रमाण विस्व सामू सार्वजनिक गरिएको सो दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयका कारण यस क्षेत्रको बिकासको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको हो ।

For more click here

अहिलेसम्म भएका गतिबिधिका आधारमा पहिला तयार गरिएको निर्णयमा केही परिमार्जन गरिएको छ । यस्मा केही थपघट गर्नु पर्ने जस्तो लागेमा र कहीं गल्ती भेटिएमा अथवा छुटफुट भएको पाइएमा सुझाब पाउँ । प्राप्त सुझाबका आधारमा परिमार्जन गरी आगामी हप्ता यस्लाई ब्लगमा राखिदिनेछु ता कि कसैलाई आबस्यक पर्दा त्यहींबाट हेर्न सकियोस । यस्को लागि ब्लगमा KDM Document पेजमा राख्नेछु । यस अभियानका महत्वपूर्ण आधिकारिक सामग्रीहरु यस पेजमा राखिनेछ । बिधान नबन्दासम्मको अवस्थामा यसैलाई अभियानको बिधानको रुपमा मानिनेछ ।

कपिलबस्तु दिबस अभियानको प्रथम बिस्व कार्य समितिका हालसम्मका निर्णयहरु

कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। राजनीतिक, आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन नसक्ने भएकोले कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने आवाज उठन थाल्यो गत बर्ष बिभिन्न देशमा छरिएर रहेका नेपाली बीच ।

अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरे र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण हो । यो महत्वपूर्ण दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबस मनाइने निर्णय गरिएको हो । नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध हुन र उनी जन्मेको स्थान पत्ता लागेको सो दिनलाई महत्व दिइनु न्याय संगत नै देखिन्छ । गौतम बुद्ध तिलौराकोट कपिलबस्तुमा जन्मी २९ बर्षको उमेरसम्म राजकुमारको रुपमा यस ठाउँमा रहेकाले यस ठाउँको धेरै अर्थमा ठूलो महत्व रहेको छ अन्तरराष्ट्रिय स्तरमा नै । त्यसैले १९९७ मा युनेस्कोले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई बिस्व संपदा सूचिमा समेत समाबेश गरेको छ । अत: उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयका कारण यस क्षेत्रको बिकास गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको  रुपमा मनाउने निर्णय गरिएको हो । यसरी इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा कपिलबस्तु दिवस विस्व दिवसको रुपमा मनाउने निर्णय भयो । यो निर्णयले नेपालको बिकास र राष्ट्रियताको दृष्‍टिकोणले मात्र नभएर विस्व शान्तिको दृष्‍टिकोणले समेत ऐतिहासिक महत्व राख्न सक्छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

ओशो सेन्टर लण्डनमा कवितारामका पुस्तक बिमोचित

Posted by Ram Kumar Shrestha on October 5, 2010

लण्डन ५  अक्टोबर २०१० ।  आज ओशो सेन्टर शुभम् मेडिटेसन  सेन्टर, एल्थम, लण्डनमा प्रा.डा. कविताराम श्रेष्ठद्वारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको एक समारोहबीच  सेन्टर प्रमुख म़ा प्रेम अन्जलीको हातबाट बिमोचन भयो । नेपालबाट आउनुभएका ओशोस्वामी तथा विश्व हिन्दू महासंघका महासचिब  योगगुरु  विनोद राजभण्डारी प्रमूख अतिथी रहेको यस कार्यक्रममा लेखक प्रा.डा. कविताराम श्रेष्ठलाई कार्यक्रमका सहआयोजक पासापूच गुठी साउथ ईस्टको तर्फबाट सम्मान गर्ने कार्यक्रम पनि  रहेको थियो । पासापूच गुठीका अध्यक्ष देवेन्द्र श्रेष्ठबाट  नेपाली टोपी ओढाएर उहाँलाई सम्मान गर्ने कार्य संपन्न भएपछि गुठीका  उपाध्यक्ष तथा कार्यक्रम संचालक श्री मनिष श्रेष्ठले  बिमोचित पुस्तकका साथै लेखकका व्यक्तित्व र कृतित्वको बारेमा बोल्दै दर्जनौँ पुस्तकका विद्वान लेखकका यो विज्ञानसम्मत अनुसन्धानमूलक कृति उहाँका अरु सबै कृतिहरुबाट अलग र विशिष्ठ रहेको कुरा स्पष्ट पार्नुभयो । लेखक डा. श्रेष्ठले यो कृति बुद्ध र बुद्धलाई बुद्ध बनाउने तत्कालिन परिस्थितिबारेम़ा आफ्नो २५ वर्षको अनवरत छुटफुट अनुसन्धानको उपज भएको र यस कृति उहाँले बुद्धका उपलव्धीलाई देउताको उपलव्धी होइन कि पृथ्वीकै घामपानी सहेर अनवरत बौद्धिक कसरत गर्ने महापुरुषको महान गौरवशाली उपलव्धीको रुपमा स्थापित गर्ने हेतुसाथ सृजना गर्नुभएको बताउनुभयो । सेन्टर प्रमुख मा प्रेमअन्जलीले बुद्धका अनन्य उपासक रहेका ओशो सेन्टरबाट भगवान बुद्धको बारेमा यस्तो नयाँ आयाम झल्काउने पुस्तकको विमोचन गर्न पाउँदा सेन्टर नै अहोभाग्य भएको उद्गार पोख्नुभयो । स्मरण रहोस् “कपिलवस्तु Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

गौतम बुद्ध र मूर्तिपूजा

Posted by rajshrestha2002 on October 4, 2010

  • बसन्त महर्जन ————

गौतम बुद्धका सम्बन्धमा एउटा रोचक कुरा के रहेको पाइन्छ भन्दाखेरी मान्छेहरू आफूलाई मन परेका आदर्शका कुराहरू गौतम बुद्धले भनेका हुन् भन्ठान्दारहेछन् । भारतीय वामपन्थीहरू त एक समय बुद्ध र कार्लमाक्र्सलाई एउटै कोटीमा राखेर कम्युनिष्ट विचार धारालाई फैलाउनतिर लागेका थिए । तिनीहरूको त्यस प्रयत्नबाट बुद्ध धर्मको पनि विकासमा केही योगदान पुगेको थियो । बुद्धका केही यस्ता मूलभूत कुराहरू छन् जोसँग कम्युनिष्टहरूको कुरासँग ठ्याम्मै मिल्दैन र आजभोलि तिनीहरू तर्किएका छन् । समाजमा मूर्तिपूजा एक विवादास्पद कुरा हो । मूर्ति पूजा मन नपराउनेहरू बुद्धलाई पनि मूर्तिपूजाका विरोधी रहेको भनी चिनाउने प्रयत्नसहित आˆनो चिन्तन सही रहेको पुष्टि गर्न खोज्छन् । अझ रमाइलो कुरा त के रहेको छ भन्दाखेरी उनीहरू यसरी पनि भन्छन्- ‘जसले -गौतम बुद्ध) जीवनभर मूर्तिपूजाको विरोध गर्‍यो उसैको मूर्ति बनाएर पुज्यो । संसारमा सबैभन्दा बढी मूर्ति बुद्धकै बनाइएका छन् ।’

अब प्र्रश्न उठ्छ, के साँच्चै मूर्ति पूजाको विरोध बुद्धबाट भएको छ त ? वास्तवमा बुद्धले मूर्तिपूजाका सम्वन्धमा केही पनि बोलेका छैनन् । यस सम्बन्धमा बोलेका भनी ज-जसले उल्लेख गरेका छन् तिनीहरू कसैले पनि श्रोत उल्लेख गरेका छैनन् । आधिकारिक बौद्ध ग्रन्थहरूमा यस्ता केही पनि कुरा परेका छैनन् । दर्शनका गहनतम् कुरादेखि लिएर दैनिक जीवनका ससाना व्यावहारिक कुराहरूका सम्वन्धमा पनि तत्कालीन भिक्षु-भिक्षुणी तथा गृहस्थहरूसँग बुद्धको सम्वाद हुन्थ्यो । ती कुराहरू ‘त्रिपिटक’का विभिन्न ग्रन्थहरूमा सङ्ग्रहित छन् । मूर्ति पूजाका सम्बन्धमा न कसैले प्रश्न उठाएका छन् न त बुद्ध आफैँले केही भनेका नै छन् । मूर्तिपूजाको विरोधका प्रसङ्गमा बुद्धको नाम कसरी जोडिन गयो भन्ने प्रसङ्ग बडो रोचक विषय रहेको छ । यसलाई ऐतिहासिक पृष्ठभूमिमा पर्गेली केही कुरा कुरा स्पष्ट पार्नु पर्ने देखिन्छ ।

Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

एउटै बिहारमा १३ हजार बुद्धमूर्ति

Posted by Ram Kumar Shrestha on October 3, 2010

ekantipur By निर्मल श्रेष्ठ

हङकङ, आश्विन १७ – एउटा मन्दिर वा बिहारमा एकैखालका कतिवटासम्म मूर्ति हुन सक्लान् ? पचास, सय, पाँच सय वा

हजार ? हङकङको सा टिनस्थित ‘टेन थाउजेन्ड बुद्धाज मोनास्ट्री’ का नाउँले परिचित बिहारमा एकैनासका १३ हजार बुद्धमूर्ति छन् । बिहारको नाम टेन थाउजेन्ड (दस हजार) नामकरण भए पनि मूर्ति थपिँदै जाँदा १३ हजार पुगेको हो ।

मुख्य प्रवेशद्वारबाट बुद्ध बिहार पुग्न करिब पाँच सय सिँढी उक्लनुपर्छ । सिँढीका दायाँबायाँ राखिएका बुद्धका विभिन्न रूप बिहारको अर्को आकर्षण हो । बुद्ध भन्नेबित्तिकै एकैखाले रूप सम्झने अधिकांश पर्यटक उनलाई बहुरूपमा देख्दा अचम्म मानेर घोरिएका भेटिए । यहाँ ध्यानमग्न, सँगै हाँसिरहेका, कपाल भएका/नभएका, जुगा भएका र वृद्ध बुद्ध पनि छन् । यसलगायत ड्रागन, भ्यागुता, कछुवा रूपधारी लगायतका बुद्धमूर्ति पनि लस्करै ठड्याइएका छन् ।

सन् १९३३ मा चीनबाट आएका बुद्धिस्ट अनुयायी युत काईले यसै क्षेत्रमा बसी बुद्धधर्मबारे हङकङेलीलाई उपदेश दिएका रहेछन् । बिहार उनकै परिकल्पनामा आठ वर्ष लगाएर तयार पारिएको मन्दिरका पुजारीले कान्तिपुरलाई जानकारी गराए । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »