Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Posts Tagged ‘कपिलबस्तु दिवस अभियान’

कपिलबस्तु दिवस अभियान पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश (प्रेस बिज्ञप्ति )

Posted by Ram Kumar Shrestha on May 10, 2011

बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमाअबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ ।  लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । सन २०१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने उद्धेस्य अनुरुप युद्धस्तरमा काम गरेको, तर वास्तबिक लुम्बिनी र कपिलबस्तु नै भएको नेपालमा भने भारतले त्यसरी नाजायज तबरले करीब ८५ प्रतिशत कार्य सम्पन्न गर्दासम्म पनि सर्ब पक्षीय मौनता देखिएको कारण बिभिन्न देशमा बिभिन्न कार्यक्रम र अन लाइनमा बिशेषत: बिस्व सामाजिक सन्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइयो यथार्थतालाई यथार्थ रुपमा अगाडि ल्याउने अभिप्रायले ।
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा चुनौती दिने काम मात्र भएको नभएर बर्षेनी बुद्धको जन्मस्थल जान चाहने हजारौं विश्व नागरिकको मानब अधिकारको हनन भैरहेको सन्दर्भमा यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षा र मानब अधिकारको प्रतिरक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको प्रतिरक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण

Posted by Ram Kumar Shrestha on March 30, 2011

[कपिलबस्तु दिवस अभियानले बुद्ध र बुद्ध जन्मस्थलबारे भ्रम सिर्जना गर्ने सामग्री सहितका पुस्तक, लेख एबं वेब साइटहरुको लिस्ट तयार गर्ने योजना बनाएको सन्दर्भमा बिस्व नेपाली साहित्य महासंघले नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि निर्माण गरेको ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’को कार्य चुनौतिपूर्ण भए तापनि अत्यन्तै स्वागतयोग्य छ ।]

ब्रुनाई २८ मार्च २०११ विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो ।

बरिष्ठ साहित्यकार स्व. डायमण्ड शमशेर राणाको चिर आत्माले शान्ति पाओस भन्ने कामना गर्दै एक मिनेट मौनधारणबाट शुरु भएको बैठकले अघिल्लो बैठकको निर्णयहरुको समिक्षा गर्दै अध्यक्ष डा. मधु माधुर्य (रसिया), उपाध्यक्ष तिलक मल्ल (जापान) र महासचिव विश्वासदीप तिगेला (ब्रुनाई) रहेको ३ सदसिय महासंङ्घ केन्द्रिय सचिवालयको निर्माण भएको घोषणा गर्यो, बाँकी २ जना भविश्यमा थप गर्ने निर्णय भयो ।

नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि महासंघले निर्माण गरेको ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’मा बरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई (किर्तिपुर) र कपिलबस्तु दिवस अभियान अभियन्ता रामकुमार श्रेष्ठ (वेलायत)लाई सर्वसम्मत आग्रह सहित चयन गर्यो र अघिल्लो बैठकबाट चयन हुनुभएका साहित्यकार मुरारीराज शर्मा सहित अब ३ सदस्यित कार्यदल बन्न पुगेको छ, साथै भविश्यमा स्पेनिस, फेन्च, चाइनिज लगायत अन्य भाषाविदहरुलाई पनि समेटिने निर्णय गर्यो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , | 1 Comment »

कपिलवस्तु महोत्सब: कपिलबस्तु दिवस ब्यानर

Posted by Ram Kumar Shrestha on January 16, 2011

Posted in समाचार | Tagged: , , , | 1 Comment »

स्पेनमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on October 24, 2010

बार्सिलोना, स्पेन । बार्सिलोना स्पेनबाट रमेश पौडेलले पठाउनु भएको जानकारी अनुसार त्यहाँ आज कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठन भएको छ । यस अभियानका सल्लाहकारहरुमध्यका एक प्रो डा कबिताराम श्रेष्ठको समुपस्थितिमा भएको करीब २५-३० जनाको भेलाले इस्वर शर्माको राष्ट्रिय संयोजकत्वमा समिति गठन गरेको हो । मे ११, २०१० मा पछि दुई जना थपी २१ जना पुर्याउने गरी वेलायतका रामकुमार श्रेष्ठको बिस्व संयोजकत्वमा सार्वजनिक गरिएको कपिलवस्तु दिवस अभियानको १९ जनाको विस्व कार्य समितिलाई डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) र निलकण्ठ तिवारी थपी १६ सेप्टेम्बरमा पूर्णता दिइएपस्चात अभियानको क्षेत्रीय र राष्ट्रिय समिति गठन गरी संगठन बिस्तार गर्ने अभियानको योजना अनुरुप स्पेन राष्ट्रिय समिति गठन गर्ने पहिलो देश हुन पुगेको छ । भेलाले आगामी डिसेम्बर १ मा कपिलबस्तु दिवस मनाउने निर्णय पनि गरेको छ । स्मरण रहोस गत बर्ष पहिलो पटक कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा मनाइएको थियो भारतले नक्कली लुम्बिनी बनाएर बिस्वका जनतालाई बुद्धको जन्म स्थानबारे दिग्भ्रमित तुल्याएर बुद्धको जन्मस्थान भन्दै दिग्भ्रमित बिस्व जनतालाई नक्कली लुम्बिनीमा लैजाने गरेको पाइएकोले । कपिलबस्तु दिवस अभियानको स्पेन राष्ट्रिय समिति गठनबारे बिस्त्रित जानकारी छिट्टै उपलब्ध गराइने छ ।

Posted in समाचार | Tagged: , | 1 Comment »

राष्ट्रियतासम्बन्धी नयाँ समस्या र कपिलबस्तु दिवस अभियान

Posted by worldamity on May 13, 2010

By रामकुमार श्रेष्ठ

सामान्य भाषामा भन्नु पर्दा राष्ट्रियताको प्रश्न भन्नाले कुनै पनि देशको स्वाभिमानसंग प्रत्यक्ष सरोकार राख्ने प्रश्न बुझिन्छ । अत: कुनै देशको  राष्ट्रियताको समस्या भन्ने बित्तिकै उक्त देशको स्वाभिमानमा आँच आउने किसिमले अर्को पक्षद्धारा गरिने कुनै पनि किसिमको गतिबिधिलाई बुझिनु पर्ने हुन्छ  । वारंवार सीमा अतिक्रमणका घटनाहरु भएका छन; सीमा क्षेत्रमा वलात्कार लगायतका अनगिन्ति आमानवीय घटनाहरु भएका छन; वारंवार हतियार सहित भारतीय प्रहरीहरु नेपाल छिरेका छन; बिना अनुमति भारतीय लडाकु विमान नेपाली भूभागमा उडेका छन; भारतीय सेनापतिले नेपाली शान्ति प्रकृयामा अवरोध पुग्ने किसिमका गंभीर आपत्तिजनक कुरा उठाएका छन; अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरियाले आफ्नो पछिल्लो पुस्तक अमेरिका पछिको विश्व  (The Post American World) को १५४ पृष्ठको अन्तिम प्याराग्राफमा “बुद्ध भारतीय थिए र बुद्धिज्म भारतमा पत्ता लगाइएको थियो” भनी उल्लेख गरेका छन र हालसालै भारतले सगरमाथा पनि भारतमा नै पर्छ भन्ने अभियान शुरु गर्न थालेको देखिन्छ, भारतले  करोडौं रुपयाँ खर्च गरेर नक्कली कपिलबस्तु २०१२ मा सकाउने गरी अधिकांश कार्य सकाउन लागिसक्यो, गुगलमा बुद्धको जन्मस्थल खोज्दा भारत देखाउँथ्यो, PBS [1] जस्तो ठूलो कंपनीले “The Buddha” भिडिओ सार्वजनिक गर्‍यो बुद्धलाई उही भारतीय परिचय दिंदै, संसारका थुप्रै देशहरुमा पढाईने पाठ्य पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भन्ने कुराको उल्लेख गरेको पाईन्छ । सामान्य अवस्थामा कुनै पनि सरकारको सबभन्दा प्रमुख दायित्वहरु भनेकै राष्ट्रिय स्वाधिनताको रक्षा, शान्ति सुरक्षाको सुनिस्चितता र जनताका नैसर्गिक आवश्यकताहरुको परिपूर्ति गर्नु हो । अत: सरकार आँफै यस्ता संबेदनशील बिषयहरुमा बोल्न र आबस्यक कार्यबाही अगाडि बढाउनु पर्नेमा जन दबाब, संचारकर्मी र कलमकर्मीहरुको दबाबका बाबजूद पनि सरकारी पूर्ण मौनता अत्यन्तै आस्चर्यको कुरा हो । यस्ता कुरामा सरकार आँफै अग्रसर हुँदा समस्या समाधानका संभाबना जति सहज हुन्छ त्यत्ति सहज अरुले गर्दा हुन सक्तैन । र पनि नेपाली जनता आ-आफ्नै किसिमले आफ्नो राष्ट्रियताको संरक्षणको लागि जतिसुकै समस्या सामना गर्न परे पनि संघर्षरत देखिन्छन । उपर्युक्त संपूर्ण घटनाहरुले नेपालको राष्ट्रियताको अवस्था स्पस्ट गर्छ । Read the rest of this entry »

Posted in लेख / रचना | Tagged: , | Leave a Comment »