Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

संबिधान निर्माण र शान्ति प्रकृयाको चाहना पुरा भएको दश बर्षमा नेपाल संपन्न हुने

Posted by Ram Kumar Shrestha on August 16, 2010

देशको स्थितिलाई देखेर सबै नेपालीमा देखिएको ब्यग्रता र नेपालमा बिद्यमान अथाह प्राकृतिक, मानबीय र सांस्कृतिक श्रोतका कारण संबिधान निर्माण

Chief Guest Dr Suresh Chandra Chalise and representatives from different organisations

कार्य संपन्न भएको र शान्ति प्रकृया तार्किक निस्कर्षमा पुगेको दश बर्षमा नेपाल एउटा संपन्न मुलुक हुन सक्ने दाबी एउटा कुटनितिकभन्दा बिकाससम्बन्धी कन्सल्ट्याण्टको नाताले गर्न सक्ने कुरा वेलायतका लागि नेपाली राजदूत महामहिम डा सुरेश चन्द्र चालिसेले प्रगतिशील नेपाली समाज वेलायत पाँचौ बर्ष पुरा गरी छैटौं बर्षमा प्रबेश गरेको उपलक्षमा आयोजित एक कार्यक्रममा बताउनु भयो । सबैतिर लथालिंग भएको देखिए पनि बिद्यमान अवस्था प्रकृति र बिकासको नियमानुसार संधै नरहने कुरामा आफू आशाबादी भएको तर देशलाई संपन्न बनाउन देशमा बिद्यमान अथाह अमूल्य बुद्ध, हिमाल लगायत सबै किसिमका श्रोतहरुको यथोचित मार्केटिङ गरिनु पर्ने कुरामा जोड दिनु भयो । कपिलबस्तु दिवस अभियानका बिस्व संयोजकको मन्तब्यको प्रसंग जोडदै आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा नेपालबाट ल्याएको बुद्धको मूर्ति उपहार स्वरुप दिएपछि वेलायतकी महारानीले सो मूर्ति दरबारको संग्रहालयमा राखिने कुरा बताउनु भएको जानकारी दिनु भयो भने बुद्धको मात्रै मार्केटिङ गर्न सकिएको खण्डमा नेपालमा पर्यटकको समस्या नपर्ने कुरा बताउनु भयो । त्यसरी नै नेपाल छिट्टै चीन र भारतको ट्रान्जिट बन्ने भएकोले आफूलाई नयाँ शक्तिको रुपमा बिकास गरिरहेका यी मुलुकहरुबाट नेपालले धेरै फायदा लिन सक्ने धारणा राख्नु भयो ।          

कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले बुद्ध सर्ब स्वीकार्य महामानब भएको कारण उहाँ बिस्वकै नागरिक हुनु भएकोले आस्थाका आधारमा जस्ले पनि मेरो अथवा हाम्रो भन्न सक्छन, तर बुद्ध जन्मनु भएको बेलामा नेपाल भारत भन्ने कुनै पनि देश नभए तापनि बुद्ध जन्मनु भएको स्थान भने बर्तमान कपिलबस्तु भन्ने प्रमाणित भैसकेको र सो नेपालमा पर्ने भकोले यूनेस्कोले १९९७ मा लुम्बिनीलाई बिस्व संपदा सूचिमा पनि राखी सक्दा पनि बुद्धको बिस्वब्यापी महत्वबाट लालायित भारतले मानो लागाएर मुरी भित्र्याउने नीति अनुरुप करोडौ खर्च गरेर बनाएको नक्कली लुम्बिनीबाट दिग्भ्रमित पर्यटकलाई बुद्धको जन्मस्थल लैजाने भनेर नक्कली लुम्बिनी लगी अरबौं भित्र्याउनका खातिर बिस्व जनतालाई दिग्भ्रमित तुल्याउन ठूलो शक्ति खर्चिएको बताउनु भयो । बिस्वको अधिकांश देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको उल्लेख गरिने बातावरण सिर्जना भैसकेकोले भारतद्धारा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिएको अवस्थामा भर्खर स्थापित यस अभियानले आफ्नो सीमित साधन र श्रोतका कारण आफूहरु मात्र यो समस्या समाधानमा लाग्दा बर्षौं लाग्ने भएको तर नेपाल सरकारले नक्कली लुम्बिनीको बिषयमा भारतसंग सरकारी स्तरबाटै र पाठ्य पुस्तकहरुमा देखिएका समस्याको लागि कुटनितिक माध्यम मार्फत प्रकृया अगाडि बढाइने हो भने समस्या समाधान लामो समय नलाग्ने भएकोले सरकारलाई दबाब दिने नीति अनुरुप प्रधानमन्त्रीलाई केही दिन अघि मात्र ज्ञापन पत्र बुझाईएको जानकारी दिनु भयो ।

एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङले दोहोरो नागरिकताको बिषयलाई संबिधानमा नै उल्लेख गरिनु पर्ने धारणा राख्नुका अतिरिक्त माओबादी ठूलो पार्टी भएको कारण यस्लाई पाखा लगाएर संबिधान निर्माण कार्य पुरा हुन नस्कने बताउनु भयो । नेपालीहरुको ब्यापारिक एसोसियसनका प्रतिनिधि नरेन्द्र कंडेलले बिदेशमा बस्ने नेपालीहरुले नेपालमा लगानी गर्ने र दक्षता बिकास गर्नेतिर ध्यान दिनु पर्ने बताउनु भयो ।

प्रगतिशील नेपाली समाज वेलायतका संस्थापक अध्यक्ष कर्ण बहादुर शाहीले संस्थाले नेपाल र नेपालीको बिषयमा मात्र नभएर बिस्वका कुनै पनि देश र त्यहाँका जनताले उठाउने न्यायपूर्ण आबाज र गतिबिधिको समर्थन गर्ने र एक्यबद्धता जनाउने गरेको उल्लेख गर्दै उदाहरणहरुको फेहरिस्त पेश गर्नु भयो । वेलायत जस्तो ठाउँमा रहेर पनि भारतद्धारा गरेका हरेक किसिमका असमान सन्धी तथा सीमा अतिक्रमणका बिरुद्ध भारतीय दूताबासमा बारंबार गएर बिरोध गर्ने एक मात्र नेपाली संस्था प्रगतिशील नेपाली समाज वेलायत भएको दाबी गर्नु भयो ।

२७ वटा संगठनको मोर्चा संयुक्त नेपाली मोर्चा यूरोपका अध्यक्ष नबिन सापकोटाले मोर्चाले बिभिन्न देशमा बिद्यमान आ-आफ्नै किसिमका समस्याहरुलाई पहिचान गरी तदनुरुपका सान्दर्भिक आबाज उठाउने गरिएको जानकारी दिनु हुँदै समाज परिबर्तनको लागि बिचारले नेतृत्व गर्ने संस्थाको आबस्यक पर्ने भए तापनि व्यबहार र बिचारको बीचमा तालमेल मिलाउनु पनि उत्तिकै आबस्यक भएको कुरामा जोड दिनु भयो । नेपाली जहाँ भए पनि नेपालप्रति चिन्तित हुनु पर्ने आबस्यक भएको र भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यबादीले चीनको संभाबित शक्ति उदयलाई ध्यानमा राखेर नेपालमा स्थिरता हुँदा आफ्नो स्वार्थ पूर्ति हुन मुस्किल पर्ने भएकोले नेपालमा अस्थिरता कायम गर्न उद्धत भएको र त्यही अनुरुप आफू अनुकूलको सरकार निर्माण नहुँदा समस्या हुने भएकोले राजनीतिक चलखेल बढेकोलाई सबैले बुझ्नु पर्ने बताउनु भयो । बिभेद नै द्धन्दको कारक भएकोले यस्को न्यूनिकणबाट मात्र समस्या समाधान हुन सक्ने पनि मन्तब्यको क्रममा उहाँले बताउनु भयो ।

बिभिन्न अन्तरराष्ट्रिय संस्थामा आबद्ध भारतका मन्सुरले भारत बिस्तारबादी भारत र समनता र न्यायको पक्षमा रहेको भारत गरी दुइवटा भारत भएको र आफू पछिल्लो भारतको पक्षमा रहेकोले संसारभरी हुने न्याय र समनताका खातिर उठ्ने आवाज र गतिबिधिप्रति आफ्नो समर्थन  रहने कुरा बताउनु भयो ।

संस्थाका कोषाध्यक्ष प्रेम गैरेले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने उपाध्यक्ष महेन्द्र कँडेलले संस्थाको परिचय दिनु भएको थियो । राष्ट्रबादी नेपाली मन्चका अध्यक्ष रोशन सापकोटा, एसोशियसन अफ मेडिकलक प्रतिनिधि दिलिप महाशेठले पनि आ-आफ्नो धारणा राख्नु भएको थियो । उक्त कार्यक्रम संस्थाका सचिब तोयानाथ रिजालको उदघोषण र संस्थाकै अध्यक्ष रण बहादुर केसीको अध्यक्षतामा सन्चालन भएको थियो । । कार्यक्रमको बीच बीचमा प्रस्तुत राष्ट्रियताको भावनाले ओतप्रोत भएका गीत र नाचगानले कार्यक्रम मनोरन्जनमय र भाबुक बनाएको थियो ।

Published Links:

Nepstime
Kuwaitnepal
Nepalisamachar
Merolimbuwan
Nepalisrael
Greaternepal
Ramkshrestha

One Response to “संबिधान निर्माण र शान्ति प्रकृयाको चाहना पुरा भएको दश बर्षमा नेपाल संपन्न हुने”

  1. […] Nepalisrael Nepalisamachar Kapilvastu Day Blog Ramkshrestha 35.387579 […]

Leave a comment