Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for June 1st, 2010

कपिलवस्तु दिवस अभियान: किन, कसरी र कता?‏

Posted by worldamity on June 1, 2010

By रामकुमार श्रेष्ठ

पृष्ठभूमि:
२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर र नेपाली समाचार पत्रिकाहरुमा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” समाचार प्रकाशमा आएपछि बिभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरु बीच ईमेल मार्फत पत्राचार हुने क्रम शुरु हुन थाल्यो यो बिषयलाई लिएर । कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। राजनीतिक, आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन सक्तैन । यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने सहमति बन्यो । उपयुक्त दिनको लागि छलफल गर्ने क्रममा मेल मार्फत बिभिन्न ब्यक्तिहरुसंग बुझ्ने क्रममा  रेडियोकर्मी राजेन्द्र शाक्यले १ डिसेम्बर उपयुक्त हुन सक्छ कि भन्ने सल्लाह दिनु भयो उपयुक्त कारण सहित र त्यसैलाई स्वीकारी तदनुरुप अगाडि बढने काम भयो । यसरी इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा कपिलबस्तु दिवस विस्व दिवसको रुपमा मनाउने निर्णय भयो । यो निर्णयले नेपालको बिकास र राष्ट्रियताको दृष्‍टिकोणले मात्र नभएर विस्व शान्तिको दृष्‍टिकोणले समेत ऐतिहासिक महत्व राख्न सक्छ ।
Read the rest of this entry »

Posted in लेख / रचना | Tagged: , , , , , , , , , , , , | 4 Comments »