Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी भ्रमण बर्ष २०१२ मनाउन गरिएको निर्णयको सम्बन्धमा प्रेस बिज्ञप्ति

Posted by Ram Kumar Shrestha on October 19, 2011

बुद्धद्धारा प्रतिपादित सुख र शान्ति प्राप्तीका लागि अबलम्बन गरिनु पर्ने सिद्धान्त र बिधिहरु बुद्धिज्मको रुपमा बिस्व प्रसिद्ध भएका कारण बुद्ध जन्मनु भएको स्थानको बिस्वब्यापी महत्व छ  । त्यसैले ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उत्प्रेरक, प्रेरणादायी र आस्थाका पुन्ज उहाँ करीब २६०० बर्ष अघि जन्मेर पनि यो बैज्ञानिक युगमा समेत आजको अशान्तमय बिस्व परिबेशका कारण संपूर्ण जाती, धर्म, सम्प्रदायका बीच झन झन महत्व बढदै जाने सदाबहार सर्ब स्वीकार्य महामानबका रुपमा स्थापित हुनुहुन्छ । त्यसैले युनेस्कोले बुद्ध जन्मस्थल लुम्बिनीलाई बिस्व संपदा सूचिमा  समाबेश गरेको हो १९९७ मा । बिस्वमा करीब ५० करोड बुद्धिस्ट छन भने बिस्वभरि बुद्धिज्मलाई धर्मभन्दा बिज्ञानको रुपमा लिने पनि लाखौं छन । र उक्त संख्याको ०.१ प्रतिशत मात्र पर्यटक बर्षेनी भित्र्याउने बातावरण तयार गर्न सकियो भने पनि बर्षमा ५ लाखभन्दा बढी पर्यटक भित्रिने देखिन्छ र यसबाट मात्रै अरबौं रुपयाँ देश भित्र्याउन सकिने देखिन्छ ।
बुद्धको यही बिस्वब्यापी महत्वका कारण बुद्ध जन्मस्थललाई मूलत: शक्तिका भरमा अनाबस्यक दिग्भ्रम सिर्जना गरेर सत्यका पर्यायबाची बुद्धको नाममा असत्यको खेती गर्दै बुद्ध, बौद्धमार्गी र बुद्धद्धारा प्रतिपादित सिद्धान्तमा आस्था राख्ने संसारभरका करोडौं मानिसहरुमाथि अन्याय र चुनौतिपूर्ण काम भएको पाईन्छ भने बर्षेनी विस्वका हजारौं दिग्भ्रमित पर्यटकहरुलाई बुद्धको जन्मस्थल भन्दै नक्कली लुम्बिनी लाने गरेर उनीहरुको मानब अधिकार हनन गर्ने र आस्थामा कुठाराघात गर्ने दुस्कार्य भएको पाईन्छ । स्वार्थपूर्ण तवरबाट लामो समयदेखि बुद्ध जन्मस्थलबारे निर्मित नक्कली लुम्बिनी र कपिलवस्तु मार्फत सिर्जना गरिएका दिग्भ्रमका बाबजुद बुद्ध जन्मिएकै देशका तर्फबाट भने झन्डै सर्बपक्षीय मौनता देखिएको कारण अधिकांश देशका पाठ्य सामग्रीमा नै बुद्ध भारतमा जन्मिएको भन्ने उल्लेख गरिने जस्ता कार्यले गर्दा विस्वका लाखौं बौद्धमार्गीहरु नै बुद्ध नेपालमा जन्मिएका भन्नेबारे अनभिज्ञ छन । यस पृस्ठभूमिमा मूलत: यसरी दुराशयपूर्ण तवरले सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले १ डिसेम्बर २००९ मा बिभिन्न देशमा बिभिन्न कार्यक्रम सहित इतिहासमा पहिलो पटक कपिलवस्स्तु दिवस विस्व दिवसको रुपमा मनाइ यस्लाई निरन्तरता दिने अभिप्रायले कपिलवस्तु दिवस अभियान शुरुवात हुन गएको यथार्थता स्मरण गराउन चाहन्छौं । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई बिस्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी प्रत्येक बर्ष डिसेम्बर १ तारिखलाई कपिलबस्तु दिबस मनाउने निर्णय गरिएको हो बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलकदमीमा ।
नेपालको बिकासको लागि मात्र नभएर बिस्व शान्तिको लागि समेत बुद्धको जन्मस्थल र बुद्धसंग सम्बन्धित वरिपरिका स्थलहरुलाई एकिकृत रुपमा बिकास गर्न पहल गर्नु बुद्ध जन्मिनु भएको देशको नागरिक भएको नाताले मूलत: हाम्रो दायित्व हो र यस्लाई राष्ट्रिय महत्व र गौरबका साथ उच्च प्राथमिकतामा पारिनु पर्ने देखिन्छ , तर अफसोच संयुक्त राष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमणमा जानु अघिसम्म त्यहाँ नगण्य काम मात्र भएकोले गौतम बुद्धको जन्मभूमिलाई उच्च प्राथमिकता दिइ त्यहाँ ठोस काम गर्नका लागि १९७० मा संयुक्त राष्ट्र संघले एउटा अन्तरराष्ट्रिय समिति गठन गरी संयुक्त राष्ट्र बिकास कार्यक्रम (UNDP) ले जापानी आर्किटेक्ट प्रो. केन्जो टाङेलाई लुम्बिनीको बिकासको विस्तृत कार्य योजना (Master Plan) बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो । लुम्बिनी बिकास गुरु योजनाको कार्यन्वयनले ७ बर्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष राखिएको थियो तापनि तीन दशकभन्दा बढी समय ब्यतित भैसक्ता पनि बिस्वब्यापी महत्व भएका महामानबको जन्मस्थललाई बिस्वब्यापी महत्व दिएर तयार पारिएको गुरु योजना संबन्धित देशबाटै भने कुनै चासो नै नदिएर कार्यन्वयनले पूर्णता पाउन नसकेको कुरा उल्लेख गर्नु पर्दा हीनताबोध हुनु स्वाभाबिकै हो ।
हामीले प्राथमिकता दिनुपर्ने बुद्ध जन्मस्थलको बिकासमा अन्य राष्ट्र एबं बहुरास्ट्रिय संस्थाहरुद्धारा प्राथमिकता दिने क्रम भने  त्यत्तिमै सीमित भएको छैन । पछिल्लो समयमा देखा परेका बुद्ध सर्क्युट बनाउने परियोजनामा चीन सरकार सकारात्मक हुनु; हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी बेलायती डरहाम विश्वविद्यालयका प्राध्यापक रविन कनिङ्घामको नेतृत्वमा बिशेषज्ञहरुले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि हुनु; चिनिया नीजि क्षेत्रले लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्ध केन्द्र निर्माणअको लागि आठ बिलियन रुपयाँ लगानी गर्न नेपालको लागि चिनिया पूर्व राजदूत लि डेबिआओले नेत्रित्व गर्नु भएको दि बेइजिङ झोङटाइ झिङटु लगानी कम्पनीलाई नेपाल सरकारले परियोजनाको लागि स्वीकृति समेत प्रदान गर्नु; संयुक्त राष्ट्र संघका महासचिब बान्की मूनद्धारा लुम्बिनीको संरक्षण र संबर्धननेपालको लागि मात्र नभएर संपूर्ण देश र बिस्व नागरिकको लागि नै महत्वपूर्ण भएको बताउँदै लुम्बिनीको बिकासको लागि मिलेर काम गर्न इच्छुक भएको बताउनु नेपालका लागि सुखद हुन र पनि सात बर्षमा संपन्न गरिनु पर्ने लुम्बिनी बिकासको गुरु योजना झन्डै तीन दशक ब्यतित भैसक्ता पनि संपन्न गर्नतिर चासो नदिएको जस्तो अवस्था परिबर्तित अवस्थामा नदोहोरियोस भन्नेतिर अभियान ध्यानाकर्षण गराउन समेत चाहन्छ ।
पछिल्लो समयमा आएर नेपाल सरकारसँग मिलेर लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रका रुपमा विकास गर्ने रणनीति अनुसार एसिया प्यासेफिक एक्स्चेन्ज एण्ड कोअपरेसन फाउण्डेसनले लुम्बिनी क्षेत्रको विकासमा करिब २ खर्ब २५ अर्ब रुपैयाँ लगानी गर्न उक्त रकम जुटाउन लागेको समाचार बिभिन्न अन्तरराष्ट्रिय माध्यमहरु मार्फत समेत प्रचारित भए लग्गत्तै यो कार्य र समाचारबारे पनि अबरोध र भ्रम सिर्जना गर्ने काम समेत भएको पाईन्छ । मुस्लिमको मक्का र क्याथोलिकको भ्याटिकन जस्तै बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रका रुपमा विकास गर्ने सहमति  अनुसार परियोजना अघि बढाइएको बताइएको छ। ‘ग्रिन इनर्जी’ अवधारणाअनुसार पर्यावरणमा कुनै असर नपर्ने गरी परियोजनालाई ३ वर्षभित्र पूर्णता दिने जनाइएको छ । चीन सरकारको सहमतिमा फाउण्डेसनले ‘लुम्बिनी नगर विकास’ अवधारणा अनुसार बौद्ध गुम्बा, नयाँ सहर, आधुनिक सडक, अन्तर्राष्ट्रिय विमानस्थल, आधुनिक टेलिफोन, ब्रोडब्यान्ड इन्टरनेट, अग्नि तथा आपतकालीन सेवा, ठूलादेखि साना होटल, अस्पताल, उद्योग, मन्दिर, क्षेत्रीय अनुसन्धान केन्द्र, विद्यालय, विश्वविद्यालयसहितको पवित्र सहरको रूपमा लुम्बिनीको विकास गर्ने एपेकको दाबी छ । अत्यन्तै महत्वाकांक्षी तर अत्यन्तै आबस्यक यो परियोजनालाई तुहाउने दुस्प्रयास नि:सन्देह नै हुन सक्छ, तर यस्को लागि दृढता, कुटनीति र होसियारीको आवश्यकता पर्ने कुरामा सन्देह छैन । किनकि यो परियोजना संपन्न हुनु भनेको खरबौं खर्चेर बनाइएको नक्कली लुम्बिनी अर्थहीन हुनु पनि हो ।

यसरी नेपाललाई बिस्वमा चिनाउने एउटा प्रमुख आधार लुम्बिनीको बिकासको लागि अरु कसैले केही नगरे पनि हामी आँफैले स्वत:स्फूर्त रुपमा कार्य तत्परता दर्शाउनु पर्नेमा अन्य देश र बहु-पक्षीय अन्तरराष्ट्रिय संस्थाहरुले यति धेरै सहयोग गर्न अग्रसरता दर्शाउँदा समेत हामी भने त्यस्को लागि तयार नभएको जस्तो भान हुने परिस्थिति देखिएको छ । अत: अन्य देश र बहु-पक्षीय अन्तरराष्ट्रिय संस्थाहरुद्धारा लुम्बिनीको संरक्षण, संबर्द्धन, बिकासको लागि जे जस्तो तवरबाट तदारुकता दर्शाइएको छ ती सबैलाई उच्च प्राथमिकता दिएर परिवर्तित राष्ट्रिय सन्दर्भमा लुम्बिनी र यस्को वरिपरिका महत्वपूर्ण स्थलहरुलाई एकीकृत रुपमा ठोस कार्य योजना सहित यस्को बिस्वब्यापिकरणको लागि अविलम्ब कदम चालिनु हाम्रो नैतिक दायित्व हो ।
यसै सन्दर्भमा अगस्ट १२, २०१० का दिन पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई बुद्धको जन्मस्थानबारे सिर्जित विश्वव्यापी भ्रम निवारणका लागि नेपाल सरकारका तर्फबाट चालिनु पर्ने कदमहरुको बारे जानकारी गराउँदै मूलत: नक्कली लुम्बिनीका बिषयमा सरकारका तर्फबाट कुराकानी गर्न पहल गर्न र बिभिन्न देशका पाठ्य पुस्तकमा भएको बुद्ध जन्मस्थानबारे भएको गलत जानकारीबारे कुटनीतिक नियोग मार्फत कार्य गर्न अनुरोध गर्दै अभियानले बुझाएको ज्ञापन पत्रको संस्मरण पनि गराउन चाहन्छौं ।
संयुक्त राष्ट्र संघलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्तिका अग्रदूत बुद्धको जन्मभूमि लुम्बिनीको बिकासको लागि अन्तरराष्ट्रिय सहयोग र सदभाब र अन्तरराष्ट्रिय समितिको यथाशीघ्र पुन: सकृयताको लागि गरिएको आह्वान र यही ३० असोजमा मन्त्रिपरिषद्को बैठक मार्फत सरकारले लुम्बिनीको ऐतिहासिक महत्वबारे जानकारी दिन, पयर्टक भित्र्याउन र लुम्बिनीको विकासका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष मनाउन गरेको निर्णयप्रति अभियान हार्दिक स्वागत गर्दछ । बैठकले रुपन्देही, कपिलबस्तु र नवलरासी जिल्लालाई समेटेर लुम्बिनीको वृहत विकासका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको र माओवादी अध्यक्ष प्रचण्ड लुम्बिनीको विकासका लागि महत्वकाक्षी योजना अघि सार्ने एपेकको समेत उपाध्यक्ष हुनुभएकोले लुम्बिनी बिकासका लागि शुरु भैसकेका, हुन लागेका र संभाबित संपूर्ण परियोजनाहरुलाई यथाशीघ्र कार्यन्वयन गर्न एकीकृत रुपमा ठोस कार्य योजना सहित अगाडि बढन अभियान सरकारलाई हार्दिक अनुरोध गर्दछ । यस्ले नक्कली लुम्बिनीद्धारा सिर्जित दिग्भ्रम निस्तेज पार्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने भएकोले सिर्जित दिग्भ्रम निस्तेजको लागि बाँकी समस्या समाधानको लागि बिभिन्न देशमा भएका पाठ्य सामग्रीहरुमा बुद्ध जन्मस्थलबारे भएको गलत जानकारी हटाउन कुटनीतिक नियोगहरु मार्फत काम गर्न समेत अभियान सरकार समक्ष हार्दिक आग्रह गर्दछ ।
रामकुमार श्रेष्ठ
विस्व संयोजक
कपिलबस्तु दिवस अभियान

Leave a comment