Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी गेटको लागि बेलायतमा विद्यार्थीहरुबाट अर्थ संकलन

Posted by Ram Kumar Shrestha on November 8, 2013

10

नोभेम्बर २ लण्डन । बेलायतमा वकिङ्ग नगरको बिसप डेविड ब्राउन स्कूलका विद्यार्थीहरूले नेपालका विद्यार्थीहरूको लुम्बिनी गेट बनाउँन राखेको चासोमा ऐक्यबद्धता जनाउन “खाजाबाट एक पाउण्ड” रकम संकलन गरे । स्मरण रहोस लुम्बिनी नेपालस्थित बुद्ध आदर्श विद्यालयबाट नेपाल भारतको सिमानामा पर्यटकहरूलाई नेपाल पसेको अनुभूति दिने हेतुसाथ स्वागतद्धार बनाउन खाजाबाट रु १ अभियान २०६८ फल्गुण ११ मा सुरु भएको थियो । बिशप डेविड ब्राउन स्कूलको हलमा आयोजित यो कायक्रमलाई अभिवाकहरूका तिहार-देउसी कार्यक्रमको सिलसिलामा समाहित गरिएको थियो । कार्यक्रमबाट १८० पाउण्ड संकलित भयो । संकलित रकम नेपाल पठाउन लुम्बिनी कपिलवस्तु अभियानका विश्वसमिति सल्लाहकार डा कबिताराम श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्य कार्यक्रमका संयोजक १४ वर्षीय विद्यार्थी संदेश कंडेलका साथै वकिङ्ग नेपाली समाजका अध्यक्ष भगवान चामलिंग र प्रमूख अतिथि वकिंग सहरका मेयर एन रबर्टले संयुक्तरूपमा गरेका थिए ।

8

यस कार्यक्रमलाई अध्यक्ष चामलिंग र प्रमूख अतिथि मेयर एन रबर्टले मुक्त कण्ठले प्रशंसा गरे ।  डा श्रेष्ठले यस अघि, अस्ट्रेलिया साथै काठमाण्डौको स्वर्ण शिक्षा इंग्लिस स्कुल, गोकर्णेश्वर मा.वि., युथ भिजन सेकेण्डरी स्कुल, सहयोगी उच्च मा.वि. र प्रिसियस नेशनल कलेजका विद्यार्थीहरूले समेत ऐक्यबद्धता जनाइ सकेका कुरा बताउनु भयो । साथै संकलित रकम स्वागतद्वार बानाउन प्रयाप्त न हुने पक्कै छ भन्दै थोरै भएपनि सीमाना जस्तो संवेदनशील ठाउँमा पर्यटकहरू नेपाल हो कि भारत भन्ने कुरामा दिक्भ्रमित भई रहेको अवान्छित स्थितिमा यो अपरिहार्य स्वागतद्वार बानाउन सरकारलाई मिठो दबाब हुने कुरा डा श्रेष्ठले स्पष्ट पार्नु भयो ।  यो रकम आगामी डिसेम्बर १, २०१३ मा नेपालमा हुने पाचौं लुम्बिनी कपिलवस्तु दिवसका दिन सरकालाई हस्तारण गरिने छ ।

1

लुम्बिनी गेट अर्थ संकलनमा अस्ट्रेलियाका विद्यार्थीहरुको ऐक्यबद्धता

Leave a comment