Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

हार्दिक समबेदना

Posted by Ram Kumar Shrestha on February 5, 2012

अत्यन्तै सरल र मिलनसार ब्यक्तिको रुपमा चिनिनु हुने नेपाली साहित्य परिषद यूकेको संस्थापक अध्यक्ष ईश्वर प्रसाद मानन्धरको हिजो असामयिक निधन भएको छ ।

वेलायतका लागि नेपाली राजदूत डा सुरेश चन्द्र चालिसे र सांसद भान्ते आनन्द पथको बीचमा कार्यक्रम्को सभापतित्व ग्रहण गर्दै ईश्वर प्रसाद मानन्धर

८१ वषिर्या मानन्धरको निधन निमोनियाका कारण फेब्रुअरी चार तारिखका दिन बेलायतको पार्क रोयल स्थित मिडिलसेक्स अस्पतालमा भएको थियो । नेपाली साहित्य परिषद यूकेद्वारा जारी बिज्ञत्ती अनुसार आउदो फेब्रुअरी १२ आइतबारका दिन दिउँसो २ बजे स्थानिय वेष्ट लण्डन स्थित कुइन्स्ल्यान्ड कलेज एक्टनमा सम्पन्न हुने श्रद्धाञ्जली सभामा बेलायत स्थित सम्पूर्ण संघसँस्था, जनसमाज, नेपाली राजदुताबास र सम्पूर्ण साहित्यकारहरुमा सहभागीताका लागि हार्दिक आहृवान गरिएको छ । ईश्वर मानन्धरको निधनबाट नेपाली साहित्य आकाशमा एउटा अपूरणीय क्षति भएको र नेपाली साहित्य विकास परिषदले आफ्नो आभिभाबक गुमाएको कुरा उल्लेख गरेको छ ।

उनका कथा, कविता, लघु उपन्यास र ठट्यौली गरी आठ वटा कृति प्रकाशित छन। उनका एक धर्मपत्नी, एक छोरा र तीन छोरी छन । छोरा बिनोद मान्नधर, छोरी ललिता मान्नधर र बुहारी करिस्मा मान्नधर चलचित्र र कलामा संलग्न छन् ।

यस दुःखद घडिमा धैर्य धारणका लागि शोक सन्तप्त परिवारमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान हार्दिक समवेदना र दिगंवत आत्माको चिरशान्तिको कामना गर्दछ । लण्डनको नेपाली दूताबासमा १७ नोभेम्बरका दिन आयोजना गरिएको तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस कार्यक्रमको सभापतित्व उहाँले गर्नु भएको थियो । (सो कार्यक्रमको समाचार लिंक)

Leave a comment